कुमाखको नारायण माविलाई दोस्रो पटक राष्ट्रपति रनिङ्ग शिल्ड

वसन्त कुमार शर्मा
कुमाख (सल्यान), १८ फागुन ।
चौथो राष्ट्रपति रनिङ्ग शिल्ड कुमाख गाउँपालिकाको शिल्ड दोस्रो पटक नारायण माध्यमिक विद्यालय कुमाखले हात पारेको छ । खेलकुद प्रतियोगितामा जम्मा २९ स्वर्ण २९ रजत २७ काश्य मध्ये १५ स्वर्ण ५ रजत २ काश्यसहित नारायण माध्यमिक बिद्यालय रुमालगाउ प्रथम भएको छ । एउटा खेल दुई ओटा बिद्यालयको कडा प्रतिस्पर्धा भएकोले २९ रजत भएको हो नत्र २८ मात्र हुने थियो ।

चौथो राष्ट्रपति रनिङ शिल्ड कुमाख गाउँपालिका अन्तर माध्यमिक बिद्यालय स्तरीय खेलकुदका धेरै खेलहरुमा नारायण माविले जीत हात पारेको हो । “स्वास्थका लागि खेलकुद राष्ट्रका लागि खेलकुद “ भने मुल नाराका साथ रास्ट्रपति रनिङ शिल्ड फागुन १४ गते देखि सुरु भएको थियो ।

कुमाख गाउँपालिका ११ ओटा माध्यमिक बिद्यालयहरुको सहभागीतामा सुरु भएको कार्यक्रममा एथलेटिक्स फिल्ड र एथलेटिक्स ट्र्याक साथै छात्र भलिबल छात्रा भलिबल प्रतियोगितात्मक कार्यक्रम कडा प्रतिस्पर्धात्मक भएको थियो ।

कुमाख गाउँपालिकाको आयोजना र नारायण माध्यमिक बिद्यालयको खेल मैदान भएको प्रतियोगितामा ५ स्वर्ण २ रजत २ काश्य प्राप्त गरी जनता माध्यमिक बिद्यालय रागेचौर द्वितीय, २ स्वर्ण ५ रजत २ काश्यसहित बुद्ध जनकल्याण माध्यमिक बिद्यालय बडागाउ तृतीय स्थान प्राप्त गरेका छन् ।

त्यसैगरी २ स्वर्ण प्राप्त गर्ने बिद्यालयहरु महेन्द्र माबि जिमाली, सरस्वती माबी भितिबन, त्यस्तै १ स्वर्ण प्राप्त गर्ने भेरी माबि टाटके, भैरबी माबि राम्री, जनकल्याण माबि बडागाउ अन्य बिद्यालयले रजत र काश्य संगै मेडल, प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन् ।

बिद्यार्थी खेलाडीहरुलाई गाउँपालिकाले गर्ने सहयोग निरन्तर सधैं खुला भएको अब कुमाखलाई अन्तर्रास्ट्रिय स्तरसम्म चिनाउने यात्रा तपाईहरुको हातमा रहेको कुमाख गाउँपालिका अध्यक्ष दिलमाया बुढामगर (गिरी) ले बताउनु भएको छ ।

कार्यक्रमको अवधिमा उत्कृष्ट खेलाडी भलिबल महेन्द्र माध्यमिक बिद्यालय जिमालिका छात्र सन्दीप बिक, अनुशासित खेलाडी भैरबी माध्यमिक बिद्यायका छात्र प्रकाश नाथ सङ्गै अनुशासित छात्रा खेलाडी नारायण माबि छात्रा आशा बुढाथोकी भएका छन् ।

त्यसैगरी एथलेटिक्स उत्कृष्ट जनता माध्यमिक बिद्यालय कि छात्रा पुजा शाही सङ्गै अन्य बिद्यार्थीहरुलाई पनि विभिन्न बिद्यामा पुरस्कार बितरण गरिएको छ । अनुशासित बिद्यालय एथलेटिक्स प्रथम नारायण माध्यमिक बिद्यालय र एथलेटिक्स द्वितीय जनता माबि रागेचौर र एथलेटिक्स तृतीय बुद्ध जनकल्याण माध्यमिक बिद्यालयले सम्पूर्ण खेलको नतिजा जोडेर प्रथम नगद पुरस्कार २५ प्रतिशत करसहित २० हजार नारायण माध्यमिक बिद्यालयले प्राप्त गरेको छ ।

त्यसैगरी द्वितीय पुरस्कार नगद १५ हजार जनता माध्यमिक बिद्यालय र तृतीय पुरस्कार नगद १० हजार बुद्ध जनकल्याण माध्यमिक बिद्यालय प्राप्त गरेको जानकारी कुमाख गाउपालिका शिक्षा युवा खेलकुद शाखाका शाखा प्रमुख दिपक कुमार चन्दले दिनुभएको छ ।

साथै सम्पुर्ण बिधालयले विभिन्न समस्या बिच आफ्ना खेलाडी विद्यार्थीहरुलाई सहभागी बनाई कार्यक्रमलाई भव्य सफल बनाउन सहयोग गरेको धेरै धेरै धन्यवाद संगै बधाई दिनुभएको छ ।

अझै आगामी दिनमा विशेष खेलकुद कार्यक्रम गर्दै जाने छ बिद्यालयमा शिक्षा सङ्गै खेलमा भएको प्रगति देख्ना पाइयोस् र नयाँ नयाँ उर्जावान जनशक्ति उत्पादन गर्दै गाउँपालिकादेखि राष्ट्रसम्म पालिकाको पहिचान राख्नु पर्ने कर्तव्य भएको बताउनुभयो ।

कार्यक्रम भएको नारायण माध्यमिक बिद्यालयका प्रधानाध्यापक देबेन्द्र रावतले खेलमैदानमा अनुशासित भएर खेल प्रदर्शन गर्नुहुने सम्पुर्ण खेलाडीहरुलाई भबिस्य उज्वलको कामना सङ्गै आफ्नो बिद्यालयमा कार्यक्रम सम्पन्न गर्न सक्रियपुर्वक आफ्नो जिम्मेवारी पूरा गर्ने सहकर्मी सहयोग गर्ने सम्पुर्ण बिद्यालय परिवार, खेलाडी भाईबहिनी, अभिभावक, खेलप्रेमी, सुरक्षाकर्मी, खेल प्रशिक्षक सबैलाई धन्यवाद दिनु भएको छ ।

खेलमार्फत आफ्नो पहिना सङ्गै गाउँपालिकाको नाम उच्च राक्नु अझै थप प्रगति गर्दै जानू यो क्षेत्रकै नमुना बिद्यालयको रुपमा नारायण माध्यमिक बिद्यालय स्थापित गर्ने लक्ष्य रहेको अझै वडाको तर्फबाट गर्ने सहयोग निरन्तर गर्दै जाने छौ भनि कुमाख गाउँपालिका वडा २ का वडाअध्यक्ष शेर बहादुर रावतले बताउनुभयो ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम भाटले बिद्यालयका बिद्यार्थी भाईबहिनीले एकदमै अनुशाशीत मर्यादितसङ्ग आफ्नो कला प्रर्दशन गरी विद्यालयको शिर उच्च गराएकोमा बिद्यालयले सम्पुर्ण बिद्याका खेलाडी भाइ बहिनीहरुलाई सम्मान कार्यक्रममा बोल्दै खेलाडी र सम्पुर्ण बिद्यार्थी भाइ बहिनिहरुको भबिष्य उज्जवलका लागि बिद्यालयमा अर्ध सैनिक तालिमको लक्ष्य राखिएको बताउनुभयो ।

कुमाखको नारायण माविलाई दोस्रो पटक राष्ट्रपति रनिङ्ग शिल्ड

कल्याणकारी कोष श्रमिकको हकहितमा उपयोग गर्ने श्रममन्त्रीको

कुमाखको नारायण माविलाई दोस्रो पटक राष्ट्रपति रनिङ्ग शिल्ड

श्रमजीवी पत्रकार संघ कर्णालीको अध्यक्षमा सेजुवाल

Leave a comment

Your email address will not be published. Required fields are marked *