श्रमजीवी पत्रकार संघ कर्णालीको अध्यक्षमा सेजुवाल

सुर्खेत, १८ फागुन ।
श्रमजीवी पत्रकारहरुको साझा संस्था ‘श्रमजीवी पत्रकार संघ’ कर्णाली प्रदेशको अध्यक्षमा विवशकुमार सेजुवाल चयन भएका छन् । बुधबार वीरेन्द्रनगरमा सम्पन्न पत्रकारहरुको भेलालले उनलाई सर्वसम्मत अध्यक्षतमा चयन गरेको हो । श्रमजीवी पत्रकार संघका केन्द्रीय अध्यक्ष जन्मदेव जैसीको अध्यक्षतामा भएको भेलाले २१ सदस्यीय प्रदेश समिति घोषणा गरिएको हो । कर्णालीका सबै जिल्लाको प्रतिनिधित्व हुनेगरी बाँकी कार्यसमिति र सदस्य पछि थप गरिनेछ । संगठको उद्देश्य र गतिविधिबारे प्रष्ट भेलालाई सम्बोधन गर्दै अध्यक्ष जैसीले प्रदेश समितिले कर्णालीका श्रमजीवी पत्रकारका पक्षमा आवाज उठाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिका महासचिव खगेन्द्रप्रसाद भट्टराईले संघले कर्णालीका श्रमजीवी पत्रकारहरुको हक र अधिकारका लागि आवाज उठाउने बताए । पछिल्लो समय कर्णाली प्रदेशमा पनि मिडिया उद्योगहरु फष्टाउँदै गए पनि उनले सम्पूर्ण श्रमजीवी पत्रकारहरु एक भएर हक र अधिकारको निम्ति आवाज उठाउनुपर्ने बताए ।
त्यस्तै नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले श्रमजीवी पत्रकारको हकहितको लागि हातेमालो गरेर गर्ने प्रतिबद्धता जनाए । पत्रकारिताको व्यावसायिक विकास र श्रमजीवी पत्रकारको अधिकार निम्ति महासंघ सधै साथमा रहेको उनको भनाइ थियो ।
नवनिर्वाचित अध्यक्षलाई समाजवादी प्रेस संगठन सुर्खेतका अध्यक्ष देव राना, अग्रज पत्रकार रमेश रावल, मिडिया उद्यमी बलबहादुर थापा लगायतले बधाइ तथा शुभकामना दिए ।
यस्तै श्रमजीवी पत्रकार संघ कर्णाली प्रदेशको सल्लाहकारमा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष देविराम देवकोटा, नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेल र अग्रज पत्रकार रमेश रावल छन् । नवनिर्वाचित अध्यक्ष सेजुवालले छिट्टै समितिलाई पूर्णता दिइने बताए ।

श्रमजीवी पत्रकार संघ कर्णालीको अध्यक्षमा सेजुवाल

कुमाखको नारायण माविलाई दोस्रो पटक राष्ट्रपति रनिङ्ग

श्रमजीवी पत्रकार संघ कर्णालीको अध्यक्षमा सेजुवाल

एमाले गुर्भाकोटमा निर्वाचन केन्द्रीत प्रशिक्षण भेला

Leave a comment

Your email address will not be published. Required fields are marked *