उर्जा मन्त्री सिंह उद्घाटन र अनुगमनमा

सुर्खेत, १८ फागुन ।
जाजरकोटको पूर्वि क्षेत्रमा रहेका भारी योजनाहरुको अनुगमण, निरीक्षण र शिलान्यास गरिएको छ । कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा विकास मन्त्री गणेश प्रसाद सिंहद्धारा दर्जन भन्दा बढी योजनाको काम गरिएको हो ।
मन्त्री सिंहले बारेकोटमा रहेका सडक, सोलार मिनिग्रेट र विद्यालयको अनुगमण गरिएको छ । प्रदेश सरकारबाट निर्माण गरिएका नलगाड नगरपालिका ५ स्थित जुनि बालसंरक्षण मावि, भगवती माध्यमिक विद्यालय बारेकोट–४, भेरी त्रिबेणी माध्यमिक विद्यालय भेरी नगरपालिका–१ को विद्यालय भवन उद्घाटन गरिएको छ ।
बारेकोट गाउँपालिका २ लिम्सा देखि वडा १ को सिनाकोट सम्माको सडक अनुगमण गरिएको छ । नलगाड नगरपालिकाको वडा ५ मार हरको कालीमटी खालचौर नेटी लेख हुँदै लिम्सा जोड्ने सडकको उद्घाटन गरिएको छ ।
यो नलगाड जलविद्युत आयोजना निर्माण भएपछि बैकल्पिक सडकको रुपमा यसलाई लिइएको छ । बारेकोट गाउँपालिका–५ मा रहेको १७० किलोवाटको मिनिग्रेटको सोलार उद्घाटन गरिएको छ । ४१७ घरधुरीलाइ पुग्ने गरी उक्त मिनिग्रेट स्थापना गरिएको हो ।
बारेकोट गाउँपालिका २ स्थित नौफेरी सिँचाइ योजनाको शिलान्यास समेत गरिएको छ । पञ्चयातकालमा सुरु भएको योजना अहिले सम्म सुरु नहुँदा अहिले मन्त्री सिंहकै पहलमा सुरु हुन लागेको उहाँका प्रमुख स्वकीय सचिव हेमन्त केसीले बताउनुभयो ।








