एनसेलका प्रयोगकर्तालाई सास्ती

रुकुम पश्चिम, १८फागुन ।
रुकुम पश्चिमको बाफिकोट गाउँपालिका भरी एनसेल फोन प्रयोगकर्तामा समस्या देखिएको छ । करिब ३ हप्तादेखि यो समस्या देखिएको स्थानीय प्रशान्त जैसीले बताउनुभयो ।
केही समय फोन नलाग्नी, फोन लागेपनी कुरा नबुझिने, क्वारक्वार आवाज नआउनी, ब्यालेन्स कटिहाल्ने समस्या देखिएको छ । यसले गर्दा बिदेशमा र समस्या परेका नागरिक समस्या भएको स्थानीय जैसीले बताए ।
एनसेल कम्पनी श्रीनगर सल्यानका प्रतिनिधि दिपेन्द्र चौधरीले अहिलेसम्म फोनमा समस्या छ भनेर कसैले जानकारी नदिएको र यसको समाधान गर्ने बताउनुभयो । समस्या समाधानको निम्ति कर्मचारी कुन ठाउँमा बिग्रेको छ बनाउन निर्देश दिने केही दिनमा समस्या हट्ने चौधरीले बताउनुभयो ।






