कालिमाटीमा वडा स्तरिय कृषक गोष्ठी

दिलिप ढकाल
गुर्भाकोट, १८ फागुन ।
सल्यानको कालिमाटी गाउँपालिकामा वडा स्तरीय अगुवा कृषक गोष्ठी सम्पन्न भएको छ । कालिमाटी गाउँपालिकाका सात वटै वडामा वडा स्तरिय अगुवा कृषक गोष्ठी सम्पन्न भएको हो ।

यहि फागुन ११ गते देखि कालिमाटी गाउँपालिकाको वडा नम्बर ५ बाट सुरु भएको उक्त कार्यक्रम १२ गते वडा नम्बर ६ मा, १३ गते वडा नम्बर ७ मा, १४ गते वडा नम्बर १ मा, १५ गते वडा नम्बर ४ मा, १६ गते वडा नम्बर २ र ३ मा वडा स्तरिय कृषक मूल समिति (गोष्ठी) सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा वडा भित्र कृषिमा सम्भाबित कुन–कुन कार्यक्रम संचालन गर्दा उपयुक्त हुन्छ, कृषकको माग के–के छन्, पालिका भित्र कस्ता खालका नीति, नियम बनाउँदा कृषकलाई सहज हुन्छ भन्ने बिषयमा छलफल केन्द्रित भएको गाउँपालिका कृषि शाखा प्राबिधिक गंगाराम बुढाथोकीले जानकारी दिनुभयो ।

कार्यक्रममा सथानीय जनप्रतिनिधि, गाउँपालिका स्तरीय कृषक मूल समितिका पदाधिकारी, वडा स्तरीय कृषक मूल समितिका पदाधिकारी, वडा सचिब र गाउँपालिका, कृषि शाखाका कर्मचारीको सहभागिता रहेको थियो ।

प्रत्येक वडाका प्रत्येक कृषक समूहमा आबद्द एक–एक जनाको उपस्थितिमा कार्यक्रम सञ्चालन भएको थियो । गत आर्थिक बर्षमा भए गरेका कामको समिक्षासहित आउने आर्थिक बर्षमा कस्ता खालका कार्यक्रम ल्याउँदा कृषकलाई लाभदायक र ब्यबसायीमुखी बनाउन सकिन्छ भने बिषयमा उक्त कार्यक्रममा छलफल भएको पालिका कृषि शाखा प्राबिधिक गंगाराम बुढाथोकीले जानकारी दिनु भयो ।

कालिमाटीमा वडा स्तरिय कृषक गोष्ठी

बाँफिकोटमा माओवादी केन्द्रको सयुक्त जनसभा

Leave a comment

Your email address will not be published. Required fields are marked *