महाशिवरात्रीको अवसरमा सिम्ताको कोटेश्वरमा पुस्तक लोकार्पण

दुर्गा विसी
सिम्ता, १८ फागुन ।
सिम्ता गाउँपालिका सुर्खेतको पर्यटकिय क्षेत्र काेटेश्वर महादेव (कोटको थुम्को) मा यसपालि भने अलि फरक र विशेष कार्यक्रम आयोजना गरिएको थियोे । अघिल्ला वर्षहरुमा खेलकुद, मनोरञ्जन महोत्सव आयोजना गरिएको हुन्थ्यो ।
यस पटक बौद्धिकतापूर्ण प्रदर्शनी गरिएको छ । सिम्ताली प्राध्यायपक डाक्टर जिवेन्द्र देव गिरीद्वारा लिखित विभिन्न पुस्तकको लोकार्पण (बिमोचन) गरिएको छ । सिम्ताली शब्दकोष, सिम्ताली लोकगीत, सिम्ताली भाषा बैज्ञानिक अध्ययन पुस्तकको विमोचन तथा लोकार्पण गरिएको छ ।
सिम्ता गाउँपालिकाको पर्यटकिय हव काटेश्वरमा भने यसपालि साहित्यकार, लेखक, कलाकार जम्मा पारी बौद्धिकता प्रदर्शन गरिएको छ । सदा झै शिवरात्रीको विशेष अवसरमा आयोजित कार्यक्रम कोटको थुम्को प्रचार प्रसारका लागि कोशेढुंगा बन्ने गरेको छ ।
महाशिवरात्री महोत्सव तथा पुस्तक लोकार्पण कार्यक्रम प्रमुख अतिथि सुर्खेत क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य धु्रर्व कुमार शाही, प्रदेश संसद ठम्मर विष्ट, प्रतिष्ठान पूर्व सदस्य सचिव, भाषा आयोगका सल्लाहकार तथा प्रगतिशील लेखक संघका अध्यक्ष साथै सिम्ताली भाषा अध्यायन र सिम्ताली लोकगितका लेखक, प्राध्यापक डाक्टर जिवेन्द्र देव गिरीकाे उपस्थिति रहेकाे थियाे ।
साथै नेपाली संगित तथा नाट्य प्रतिस्ठानका सदस्य नमुना शर्मा, सुर्खेत वहुमुखी क्याम्पसका उपप्राध्यापक डा. हर्क वहादुर शाही, उप–प्राध्यापक डा. दिपक गौतम, मध्यपश्चिम विश्वविद्यालयका पूर्व सहायक डिन विष्णु बहादुर खड्का, बलभद्र भारती, थानेश्वर लामिछाने, रमेश खत्री, रेशम विष्ट लगायतका सह–प्राध्यापक, उप–प्राध्यापक, लेखक साहित्यकारहरुको उपस्थिति रहेको थियोे ।
डा. गिरीद्वारा लिखित सिम्ताको भाषा बैज्ञानिक अध्यायन बारे पुस्तकको डा. हर्कवहादुर शाहीद्वारा प्रकाश पारिएको थियोे भने सिम्ताली लोक संगित पुस्तकको बारेमा डा. दिपक गौतमद्वारा प्रकाश पार्ने काम गरिएको थियोे ।
लेखकहरुको उल्लेख्य जमघटमा सिम्ताली भाषा पहिचान तथा चिनारीका कोसेलीहरुको लोकार्पण गरिएको छ । यस अघि पनि सिम्ताली शब्द कोष गोष्ठी भएको थियोे । सिम्ताली चिनारी, पहिचान कला, गला, भेषभुषा, भाषा, संस्कृति, साहित्य संरक्षण, प्रवद्र्धनमा गाउँपालिकाले निकै मेहनत गरेको देखिन्छ ।
प्रतिनिधि सभा सदस्य शाही, प्रदेश सभा सदस्य विष्ट, सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसी, गाउँपालिका उपाध्यक्ष चन्द्रकला शाही, नाट्य प्रतिष्ठान सदस्य शर्मा, विभिन्न क्रियाशिल राजनैतिक दलहरुका प्रतिनिधिहरु, विभिन्न निकायका व्यक्तिहरुले शुभकामना मन्तव्य राखेका थिए ।
कोटको थुम्को पर्यटन विकास केन्द्रका अध्यक्ष रुद्रवहादुर वस्नेतको अध्यक्षतामा भएको महाशिवरात्री महोत्सव तथा पुस्तक लोकार्पण कार्यक्रमको सञ्चालन युवा नेता थुमान अधिकारीले गरेका थिए ।











