बाँफिकोटमा माओवादी केन्द्रको सयुक्त जनसभा

प्रचण्ड खत्री
रुकुम पश्चिम, १८ फागुन ।
नेकपा माओवादी केन्द्र बाँफिकोटको सयुँक्त जनसभा सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र वडा नम्बर ३, ४ र ५ को जनसभा नेटा बजारमा सम्पन्न भएको हो ।
नेकपा माओवादी केन्द्रका स्कुलिङ बिभागका सदस्य तथा कार्यक्रमका प्रमुख अतिथी महेन्द्र केसी ( पारसमणी) ले आउँदो स्थानीय चुनाबमा माओवादी केन्द्र पहिलो पार्टी हुने बताउनुभयो ।
२०७३ सालमा पनि पहिलो पार्टी भएको बताउँदै एमाले र काँग्र्रेस बाघझै पछि नलाग्न अनुरोध गर्नुभएको छ । केही वडामा झारपातले जिते पनि सिङ्गो रुकुम पश्चिम माओवादीले जित्ने स्वीकार गर्नुभएको छ । रुकुम पश्चिममा कोहि जिउँदो भए चुनाब जितेर देखाउन उहाँले अनुरोध गर्नुभएको छ ।
कार्यक्रमलाई नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य तथा बाँफिकोट गाउँपालिका अध्यक्ष धर्मबहादुर केसी, प्रदेश कमिटी सदस्य चन्द्रबहादुर शाही, दिपेन्द्र बहादुर मल्ल, नेकपा माओवादी केन्द्र बाँफिकोट गाउँपालिका अध्यक्ष चन्द्र बहादुर केसीले जनसभालाई सम्बोधन गर्नुभएको थियो ।
५ नम्बर पार्टीका अध्यक्ष देउदत्त खत्रीको अध्यक्ष भएको कार्यक्रममा स्कुलिङ सदस्य पारसमणीको प्रमुख आतित्यता रहेको थियो । पार्टीका प्रदेश कमिटी सदस्यहरु गाउँपालिका समितिका सदस्यहरु आथित्यता रहेको थियो । ४ नम्बर पार्टी अध्यक्ष शेरबहादुर ओलीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन ३ नम्बर वडा अध्यक्ष बेगम ओलीले गर्नुभएको थियो ।






