उडिरहेको सेनाको हेलिकोप्टरमै छोरा जन्मिएपछि …

सुर्खेत, १७ फागुन ।
नेपाली सेनाको उद्धारमा उडिरहेको हेलिकोप्टरमा एक महिला सुत्केरी भएकी छिन् । १८ घण्टादेखि सुत्केरी बेथाले च्यापेकी एक महिलाको उद्धारकै क्रममा हेलिकोप्टरभित्रै आकाशमै बच्चा जन्मिएको हो ।

मुगुको खत्याड गाउँपालिका–४ की २० वर्षीय धनलक्ष्मी रावलले उडिरहेको नेपाली सेनाको हेलिकोप्टरमै छोरा जन्माएकी छन् । बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

नेपाली सेनाको पश्चिम कमाण्ड हेडक्वाटर नेवार सुर्खेतबाट खटिएको पाइलट प्रमुख सेनानी रचन श्रेष्ठको टोलीले सुत्केरी रावलको उद्धार गरेको थियो ।

हेलिकोप्टरमै सुत्केरी आमा र बच्चाको सकुशल प्रदेश अस्पताल कालागाउँ पु¥याएर उपचार भैरहेको छ । ‘उद्दार गरेर फर्किरहेका थियौं, दैलेखको आकाशमा आइरहेको बेला उहाँले बच्चा जन्माउनुभयो,’ उद्दार दलका पाइलट प्रमुख सेनानी श्रेष्ठले भने, ‘विरलै हुने यस्ता घटना आज आफैले उद्दार गरिरहेको बेला दोस्रो पटक भयो ।’

यसअघि केही वर्ष पहिले हुम्लाबाट सुत्केरी व्यथा लागेको समयमा उद्दार गर्दा यस्तै प्रकृतिको घटना भएको श्रेष्ठ सम्झन्छन् । १७ वर्षदेखि हवाई क्षेत्रको अनुभव बटुलेका पाइलट प्रमुख सेनानी श्रेष्ठ भन्छन्, ‘म बसेको ठिक पछाडी उहाँ हुनुहुन्थ्यो, प्रसव पीडा बढ्दै जाँदा उहाँले मलाई तानिराख्नु भएको थियो । उहाँसँगैको श्रीमान भएकोले बच्चा जन्मिसकेको रहेछ ।’

उद्दारपछि संधै सुर्खेत विमानस्थलदेखि एम्बुलेन्सबाट प्रदेश अस्पताल पठाउने गरिएको थियो । तर यो पटक विमानस्थल पुगेको हेलिकोप्टर बच्चा जन्मिसकेपछि नाभी काट्नु पर्ने भएकाले पुनः प्रदेश अस्पतालमै अवतरण गरिएको हो ।

‘विमानस्थलमा तयारी अवस्थामा एम्वुलेन्स पनि थियो,’ श्रेष्ठले भने, ‘तर आमा र शिशु दुवैलाई हेलिकोप्टरबाट झार्दा शिशुको नाभीमा समस्या देखिनेहुँदा अस्पतालमा हेलिकोप्टर ल्याण्ड गरेको हुँ ।’

कर्णाली प्रदेश अस्पतालका नर्सिङ निरिक्षक कल्पना थापाकाअनुसार उद्दार गरिएका आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । शुरुमा आकस्मिक कक्षमा भर्ना गरिएपनि अहिले दुवै अवस्था धेरै राम्रोहुँदा वार्डमा सारिएको थापाको भनाई छ ।

चालु आर्थिक वर्षको हालसम्म पश्चिम एयर वेशले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत दुर्गम क्षेत्रका ज्यान जोखिमका परेका ४० बढी गर्भवति तथा सुत्केरीको हवाई उद्दार गरिएको छ ।

उडिरहेको सेनाको हेलिकोप्टरमै छोरा जन्मिएपछि …

जय शम्भाे : सामान्य चहलपहल सुर्खेत शिवमन्दीरका

उडिरहेको सेनाको हेलिकोप्टरमै छोरा जन्मिएपछि …

बाँफिकोटमा माओवादी केन्द्रको सयुक्त जनसभा

Leave a comment

Your email address will not be published. Required fields are marked *