जय शम्भाे : सामान्य चहलपहल सुर्खेत शिवमन्दीरका १० तस्विर

सुर्खेत, १७ फागुन । (तस्विर साैजन्य: मिलन श्रेष्ठ)
सुर्खेत लाटीकोइलीमा रहेको शिव मन्दिरमा महाशिवरात्री पर्व प्रत्येक बर्ष भव्यताका साथ मनाउने गरिएको छ ।
सुर्खेत जिल्ला र आसपासको क्षेत्रमा हजारौं तिर्थालु भक्तजनहरु सहभागि हुने गरेका थिए ।
एमसीसीको विरोधमा सोमबारदेखि जारी आन्दोलने उग्ररुप लिन थालेपछि सुर्खेत जिल्ला प्रशासनले आज (मंगलबार) राती ७ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरेको छ ।
कफ्र्युका कारण प्रहरी–प्रशासनले घरभित्रै बस्न आग्रह गर्दै बाटोमा हिड्ने व्यक्तिहरुलाई समेत कडाई गरेपछि यस पटक लाइटीकोइलीको शिव मन्दिर सुनसान जस्तै भएको छ ।
बिहान ४ बजेदेखि साँझैसम्म भक्तजनहरुको भिडलाग्ने गरेको थियो ।
कोभिडका कारण केही असर परेपनि भक्तजनहरुको संख्या बर्षेनि बढ्दै गएको थियो ।
मंगलबारको कफ्र्युले भने भक्तजनको आवतजावतमा समस्या देखिएको छ ।
प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ ।
















