सुर्खेत प्रदर्शनमा घाइते एक जनालाई काठमाडौं रिफर, २३ जना प्रहरीको नियन्त्रणमा

वीरेन्द्रनगर, १७ फागुन ।
एमसीसीको विरोधमा सोमबार नेपाल बन्दको घोषणा गरिएको थियो । बन्दसंगै भएको विरोध प्रदर्शनले उग्ररुप लिन थालेपछि मंगलबार सुर्खेतमा कफ्र्यु लगाइएको छ । कर्फ्यूपछि सुर्खेतको वीरेन्द्रनगर बजार शान्त बनेको छ ।

प्रमुख राजनीतिक दलका पार्टी कार्यालयहरुमा तोडफोड, आगजनी हुन थालेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले सोमबार बेलुका सवा ८ बजेदेखि मंगलबार बेलुका ७ बजेसम्मका लागि कर्फ्यू जारी गरेको छ । कर्फ्यू जारी भएको क्षेत्रमा ठूलो संख्यामा प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ ।

मंगलबार बिहान वीरेन्द्रनगरस्थित यरीचोकमा केही मानिसले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । पसल बन्द गराउन गएको प्रहरी टोलीसँग उनीहरूले प्रतिवाद गरेका थिए।

त्यसक्रममा सामान्य झडप समेत भएको थियो । पाँच जनालाई प्रहरीले आजै पक्राउ गरेको जिल्ला प्रहरी कार्याल सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

हिजो सोमबार र आज मंगलबार गरी सुर्खेतमा प्रदर्शनमा उत्रिएका २३ जना प्रहरी नियन्त्रणमा छन् । डिएसपी घर्तीका अनुसार सोमबारको प्रदर्शनका क्रममा दुई जना सर्वसाधारण घाइते भएका छन् । एमाले पार्टी कार्यालय गेटमा प्रदर्शनकारीले आगो बाल्ने क्रममा प्रहरीसँग झडप भएको थियो ।

उक्त झडपमा परी पार्टी कार्यालय नजिकैको विष्णु होटलका सञ्चालक ३८ वर्षीय रणबहादुर डाँगी र शाही खाजाघरकी छोरी १२ वर्षीया सुजाता शाही घाइते भएका छन् । प्रहरीका अनुसार रणबहादुरलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । उनको टाउकोमा चोट लागेको छ ।

सुजाताको भने तीन वटा दाँत झरेका छन् । उनको वीरेन्द्रनगरकै माया नर्सिङ होममा उपचार भइरहेको डिएसपी घर्तीले बताए । त्यस्तै केही प्रहरी पनि घाईते भएका छन् । घाइतेमध्ये १२ जना प्रहरी सामान्य उपचारपछि डिस्चार्ज भएका छन् ।

सोमबार बेलुका प्रदर्शनकारीहरूले नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको कार्यालयमा क्षति पुरयाएका छन् । माओवादी र कांग्रेस पार्टी कार्यालयमा सिसा फुटेका छन् भने एमाले पार्टी कार्यालयको बोर्ड जलाइएको छ ।

सोमबार बेलुका नै कर्फ्यू आदेश जारी भएकै बेला प्रदर्शनकारीले मंगलगढी चोकमा रहेको प्रहरी बिट जलाइदिएका छन् । क्षतिको यकिन विवरण निकाल्न प्रहरीले मुचुल्का उठाइरहेको छ ।

सुर्खेत प्रदर्शनमा घाइते एक जनालाई काठमाडौं रिफर, २३ जना प्रहरीको नियन्त्रणमा

कर्णालीमा पौडी खेल्न गएका युवक बेपत्ता

सुर्खेत प्रदर्शनमा घाइते एक जनालाई काठमाडौं रिफर, २३ जना प्रहरीको नियन्त्रणमा

जय शम्भाे : सामान्य चहलपहल सुर्खेत शिवमन्दीरका

Leave a comment

Your email address will not be published. Required fields are marked *