भारतीय शहरबाट दुई बाल श्रमिकको उद्धार

सुर्खेत, १९ माघ ।
भारतीय सहर लखनऊमा बालश्रमिकको रुपमा कार्यरत दुई जना बालकको उद्धार गरिएको छ । बालश्रमिकको रुपमा काम गर्दै आएका रौतहट गढीमाई न.पा.–७ बस्ने बर्ष १७ का इब्रान शेख र सुर्खेत रामपोखरा बस्ने बर्ष १६ का विकास थापाको उद्धार गरिएको छ ।


थ्री एन्जल्स बाँके, देहात संस्था रुपैडिया भारत र इलाका प्रहरी कार्यालय जमुनाहा बाँकेको संयुक्त पहलमा उद्धार गरिएको हो । उद्धार गरिएका दुवै जना बालकलाई घरपरिवारमा पुर्नस्थापना गर्नका लागि सिबिन नेपाल बाँकेको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय जमुनाहा बाँकेका प्रमुख प्रहरी नायब निरिक्षक मिन बहादुर विष्टले जानकारी दिनुभयो ।



ताजा समाचार