यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं,१५ मंसिर ।

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। राती सुदूरपश्चिम प्रदेशमा र प्रदेश १ का पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदलीको सम्भावना रहेको छ ।

तराईका भू–भागमा कुहिरो लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

रातोपाटी

यस्तो छ आजको मौसम पूर्वानुमान

सिंजा क्षेत्रका गाउँमा भेटिँदैनन् पुरुष

यस्तो छ आजको मौसम पूर्वानुमान

डोटीमा वडाध्यक्ष जोशीको निधन

Leave a comment

Your email address will not be published. Required fields are marked *