सिंजा क्षेत्रका गाउँमा भेटिँदैनन् पुरुष

सिंजा,१५ मंसिर ।

प्रतिनिधिसभा तथा प्रदेशसभा चुनाव सकिएसँगै जुम्लाका गाउँमा पुरुषको संख्या घट्न थालेको छ । रोजगारी र अध्ययनका लागि भारत र ठुला सहरमा जानेको संख्या बढेसँगै गाउँमा पुरुषको संख्या घटेको हो । जुम्लाका अधिकांश युवा रोजगारीका लागि भारत जाने गर्दछन् ।

स्थानीयस्तरमा रोजगारी नपाइने र कृषि पेसा गर्नका लागि पुग्दो मात्रामा जमिन नभएकै कारण भारत जानुपर्ने अवस्था रहेको स्थानीयवासी बताउँछन् ।

 रोजगारीका लागि ठूला सहर तथा भारततिर गएका युवाहरू खेतिपातीको सिजन सुरु भएपछि मात्रै जुम्ला फर्कने गर्दछन् । जुम्लाका युवाहरु भारतको उत्तराञ्चल, हिमाञ्चल लगायतका क्षेत्रमा रोजगारी र व्यापारका लागि जाने गरेका छन् ।

अहिले गाउँमा वृद्धवृद्धा, बालबालिका र महिलामात्रै देखिन्छन् । सिंजा क्षेत्रका गाउँ यतिबेला युवाविहीन भएका छन् । हरेक वर्ष कार्तिक, मंसिर, पुस र माघ महिनामा पुरुषहरू रोजगारी तथा व्यापारका लागि अन्यत्र जाने गर्दछन् ।

अर्काको ठाउँमा गएर मजदुरी गर्नु बाध्यता रहेको भन्दै सिंजा–६, जोडु गाउँका विज्ञान बुढाले आफ्नै ठाउँमा रोजगारी नभएकै कारण युवाहरू भारत जानु परेको बताए । उनका अनुसार चार्डपर्व, चुनाव र मेला लाग्ने बेला भरिभराउ भएका गाउँ यतिबेला सुनसान छन् । गाउँमा यति बेला बुढापाका, महिला र बालबालिकामात्रै छन् ।

गाउँमा कोही बिरामी पर्दासमेत बोकेर स्वास्थ्य संस्थासम्म लैजान पुरुष नभेटिने गरेको सिंजाका स्थानीयले बताए । कोही बिरामी भएमा गाउँकै महिला मिलेर बोकेर स्वास्थ्य संस्थासम्म पुर्याउने गरेका छन् ।

सिंजा क्षेत्रका गाउँमा भेटिँदैनन् पुरुष

सल्यानमा जिप र मोटरसाइकल ठोक्किँदा दुई जना

सिंजा क्षेत्रका गाउँमा भेटिँदैनन् पुरुष

यस्तो छ आजको मौसम पूर्वानुमान

Leave a comment

Your email address will not be published. Required fields are marked *