२०८३ आश्विन १७ गते
×

Now Playing

ब्राण्ड स्टाेरि : फुजी स्याउको टक्करमा जुम्ली स्याउ

पुनम वि सी

सुर्खेत,१६ साउन ।

दुर्गमकाे जिल्ला जुम्ला र सुगमको जिल्ला धरान बीचको सडकको दूरि मापन गर्ने हो भने एक हजार किलोमिटर भन्दा बढि नै छ । तर त्यहि दुर्गमको जिल्लामा उत्पादन भएको स्याउ एक हजार किमीभन्दा लामो सडकदूरि पार गर्दै धरानसम्म पुग्ने मात्र हैन त्यहाँ आप्mनो मार्केटसम्म जमाउनसक्छ भन्ने हो भने त गज्जबै हो । देशभरका सानाठूला बजारमा असोत कात्तिक लागेपछि जुम्लाको स्याउको राज चल्छ । त्यसैमाथि पनि लाहुरेको राजधानी भनेर चिनिने धरानमा समेत हटारुको राजधानी भनेर चिनिने जुम्लाको स्याउले किलोको एक सय १० रुपैयाँमा पाउँछ भनेपछि जुम्लाको स्याउमा केहि न केहि विशेषता त छ नै ।

अहिलेको मौसममा जुम्लाका लागि   स्याउ बजारमा पठाउने मौसम हो । यस समयमा जुम्लामा दुई पटक स्याउ टिप्ने गरिन्छ । पहिलो पटक टिपेको स्याउ अहिले बजारमा पुगिसकेको छ । कर्णालीको जुम्ली स्याउ रुचाउनेहरुको संख्या बजारमा भिन्दै छन् । खासगरी ‘स्याउ रुचाउनेहरु नै जुम्ली स्याउका पारखी’ देखिन्छन् । यो समयमा जुम्लाको स्याउले भारतबाट आयात सिम्ला काश्मिरको स्याउ र चाइनाबाट आउने फुजी स्याउ दुबै  स्याउको बजारलाई समेत प्रभाव पार्ने सार्मथ्य राख्छ ।

धरानका बजारमा अहिले १५ मेट्रिकटन जुम्ली स्याउ पुगिसकेको छ । ‘१५ केजीका एक हजार वटा जुम्ली स्याउका कार्टुन धरान आईपुगेको छ’, धरानको कृषि बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए । तर धरान पुगेको स्याउमा भने ‘ग्रेडिङ्ग’ समस्या देखिन्छ ।

४५ करोड बढी रकम भित्र्याउँछ जुम्ला

सुर्खेतको कृषि बजारमा चालू आर्थिक वर्षको हालसम्ममा आठ सय ५७ दलमलव सात मेट्रिकटन जुम्ली स्याउ आईपुगेको छ ।   वार्षिक रुपमा हेर्ने हो भने गत आर्थिक वर्ष२०७८/०७९ मा सुर्खेतको कृषि बजारले कुल दुई हजार एक सय ३३ मेट्रिक टन कृषि बजारमा भित्रिएको थियो । उत्पादनको रुपमा हेर्दा यस वर्ष जुम्लामा करिव १८ हजार मेट्रिकटन स्याउ उत्पादन हुने आसा गरिएको छ ।

गत वर्षमा १२ हजार मेट्रिकटन स्याउ उत्पादन भएको थियो । ‘जुम्लामा स्याउ उत्पादन प्रत्येक वर्ष बढिरहेको छ । स्याउ उत्पादनको तथ्यांक हेर्नेहोभने जुम्लाको स्याउले जिल्लामा करोडौँ रकम भित्राईरहेको देखिन्छ’, जिल्ला कृषि विकास कार्यालयका जुम्लाका प्रमुख गणेश अधिकारीले भने ।  उनका अनुसार वार्षिक रुपमा करिव ४५ करोड रुपैयाँ जुम्ली स्याउले आम्दानी गर्छ ।

‘ग्रेडि’ र ‘प्याकेजि’ समस्या

बजारमा माग भएपनि जुम्लाको स्याउ अझै सिम्ला र चाइनाको फुजी स्याउ जस्तो ‘ब्राण्ड’ बन्न सकेको भने देखिदैन । यसको मुख्य समस्या हो यसको ‘ग्रेडिङ्ग’ र ‘प्याकेजिङ्ग’ । ‘जुम्लाको स्याउको बजार व्यवस्थित हुन सकिरहेको छैन । यसको मुख्य कारण नै ग्रेडिङ्ग र प्याकेजिङ्ग हो । चाइनिज स्याउको कार्टुनमा ग्रेडिङ्ग बिनाका जुम्ली स्याउ बजार आईपुग्छन्’, कृषि बजार, सुर्खेतका अध्यक्ष प्रवल शाहीले भने ।

िक स ा न र व्यापारीले मात्र जुम्ली स्याउलाई ब्राण्ड बनाउन नसक्ने उनी बताउँछन् । यसका लागि कर्णाली प्रदेश सरकारले नै नेतृत्व लिनुपर्ने उनको धारणा छ । उनले भने, ‘सरकारले जुम्लाको स्याउतर्फ ध्यान नै दिएको छैन । यो त कर्णालीको चिनारी हो । यस विषयमा ग्रेडिङ्ग बिना स्याउ बजारमा पठाउन रोक लगाउनुपर्छ । ग्रेडिङ्ग मेशिनको सहि व्यवस्थापन हुनुपर्छ तथा कर्णालीको चिनारी झल्कनेगरी स्याउको राम्रो प्याकेजिङ्ग गर्नुपर्छ ।

शिक्षककाे स्याउ बगैचा

जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित मालिका आधारभूत विद्यालयमा अध्यापन गरिरहेका शिक्षक जयप्रसाद गौतमले हाल स्याउ उत्पादनमा समेत चासो दिन थालेका छन् । शिक्षण पेशाबाट बचेको समय सदुपयोग गरेरै पनि उनले स्याउ बगैचामा दुई सय बोटलाई हुर्काइरहेका छन् । उनले भने, ‘यहाँ पुरानै समयदेखि स्याउ खेति हँुदै आएको छ । पेशाले शिक्षक भएपनि कृषि उत्पादनमा जोडिन पाउँदा खुशी लाग्छ ।’ उनको स्याउ बगैचाले उत्पादन दिन थालेको दोस्रो वर्षमा प्रवेश गर्दैछ ।

अघिल्लो वर्ष उनले करिव एक मेट्रिक टन स्याउ बिक्रि गरेका थिए । यो वर्ष भने सुरुवाती समयमै दुई मेट्रिक टन स्याउ बजारमा पठाइसकिएको छ । ‘यस वर्षको पहिलो उत्पादन पठाईसकेको छु। अब फेरि अन्तिम पटक स्याउ टिप्छौँ’, उनले भने । पाँच हजार वर्गमिटरमा फैलिएको उनको ‘गौतम फलपूmल नर्सरी’को क्षेत्र अझै विस्तार गर्ने गौतमको योजना छ । उनले भने, ‘स्याउ उत्पादनको व्यवसाय राम्रै छ । हाम्रो अरु जग्गापनि छ । करिव दुई वर्गमिटरमा अझै स्याउ नर्सरी बनाउने योजनामा छौ ।

ब्राण्ड स्टाेरि :    फुजी स्याउको टक्करमा जुम्ली स्याउ

YUGAAWHAN NATIONAL DAILY (2079-05-16)

ब्राण्ड स्टाेरि :    फुजी स्याउको टक्करमा जुम्ली स्याउ

डेंगी संक्रमणले कैलालीमा एक महिलाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *