मदिरा सेवन गरी विद्यालय आएको आरोपमा प्रधानध्यापकलाई प्रहरीले पक्राउ

जाजरकाेट १६ साउन ।

मदिरा सेवन गरी विद्यालय आएको आरोपमा एक विद्यालयका प्रधानध्यापकलाई प्रहरीले पक्राउ गरेको छ। जाजरकोट सदरमुकाम खलंगास्थित त्रिभुवन माध्यमिक विद्यालयका प्रधानध्यापक भक्तबहादुर मल्ललाई पक्राउ गरिएको हो।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपानिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी जाजरकोटको समन्वयमा मल्ल पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पुष्कर पन्तका अनुसार पक्राउ गरी जिल्ला अस्पताल जाजरकोटमा मेडिकल चेकजाँचका लागि लगिएको छ।

उनले भने, ‘मदिरा सेवन गरी विद्यालय आएको आरोप लगाइएको छ, त्यसको चेकजाँचका लागि अस्पताल पठाइएको छ।’ अस्पतालको रिपोर्टको आधारमा पक्रिया अघि बढाइने पन्तले बताए। सोमबार बिहान प्रअले विद्यालयमा मदिरा सेवन गरी आएको गोप्य सूचनाका आधारमा अखिल क्रान्तिकारीले प्रहरीलाई खबर गरेको थियो।

स्राेत ः थाहाखबर

मदिरा सेवन गरी विद्यालय आएको आरोपमा  प्रधानध्यापकलाई प्रहरीले पक्राउ

सडक स्तरोन्नतिमा असन्तुष्टि

मदिरा सेवन गरी विद्यालय आएको आरोपमा  प्रधानध्यापकलाई प्रहरीले पक्राउ

लिमीवासीले नौ महिनापछि प्रति घरधुरी ४० केजी

Leave a comment

Your email address will not be published. Required fields are marked *