सडक स्तरोन्नतिमा असन्तुष्टि

सल्यान, १६  साउन  ।

जीर्ण र जोखिमयुक्त भएको कपुरकोट–निगालपानी सडकको स्तरोन्नति कार्य सन्तोषजनक नभएको भनी नागरिकस्तरबाट विरोध गरिएको छ । सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने चुनढुङ्गा ढुवानी गर्ने टिप्परका कारण कपुरकोट गाउँपालिका क्षेत्रको सडकमा अत्यधिक जोखिम र समस्या निम्त्याइएको भन्दै नागरिकस्तरबाट लामो समयदेखि आन्दोलन हुँदै आएको छ ।

कपुरकोट गाउँपालिकाले नागरिक समाजको विरोधपछि यसलाई सम्बोधन गर्न जेठ १८ गते पालिकाको बैठक बसी सडक मर्मतको प्रभावकारी काम नभएसम्म र खानी उत्खननको इजाजत पाएका उद्योगबाट चुनढुङ्गा निर्यातको अनुमतिको प्रमाण पेस नहुँदासम्म कपुरकोट–निगालपानी सडकखण्डमा टिप्पर सञ्चालन नगर्न सम्बन्धित उद्योगलाई पत्राचार गरेको थियो ।

टिप्पर सञ्चालन गर्न रोक लगाएपछि रोल्पा सिमेन्ट प्रालि र घोराही सिमेन्ट प्रालिले उक्त सडकखण्डमा गिट्टी राखेर रोलर प्रयोग गरी ग्राभेल गर्ने प्रतिबद्धतासहित ढुवानी गर्दै आइरहेका थिए तर कपुरकोट गाउँपालिका अध्यक्षसहित सरोकारवालाको संयुक्त अनुगमन टोलीले अनुगमन गर्न जाँदा सम्झौताअनुसार सडकमा नाला नबनाएको, माटो राखेर सडकका खाल्डा मात्रै पुर्ने काम गरेको, ग्राभेल राम्रो नगरेको तथा सडक स्तरोन्नतिको कार्य सन्तोषजनक नदेखिएको जनाएको छ ।

गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले टिप्पर सञ्चालनका कारण कपुरकोट गाउँपालिकाको कृषि, शिक्षा, स्वास्थ्यलगायत विविध क्षेत्रमा नकारात्मक असर पारेको बताउँदै अत्यधिक भार बोकेका टिप्पर सञ्चालनमा रोक लगाउनुपर्ने आम नागरिकको मागमा आफू प्रतिबद्ध रहेको बताए  ।

स्राेत ः  गाेरखापत्र

सडक स्तरोन्नतिमा असन्तुष्टि

अतिक्रमणको चपेटामा परेको नलगाडको वन क्षेत्र खाली

सडक स्तरोन्नतिमा असन्तुष्टि

मदिरा सेवन गरी विद्यालय आएको आरोपमा प्रधानध्यापकलाई

Leave a comment

Your email address will not be published. Required fields are marked *