लिमीवासीले नौ महिनापछि प्रति घरधुरी ४० केजी खाद्यन्न पाए

हुुम्ला  १६ साउन  ।

नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीवासीले नौ महिनापछि प्रति घरधुरी ४० केजी खाद्यन्न पाएका छन् । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सिमकोटबाट गएको खाद्यन्न लिमी पुगेपछि लिमीका तीन गाउँवासीले सो खाद्यन्न पाएका हुन् ।

लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले लिमिटेडबाट गएको ५७ क्विन्टल खाद्यन्न लिमी पुगेपछि स्थानीयवासीलाई बितरण गरिएको बताए  । उक्त खाद्यन्न २०७८ सालको मङ्सिर महिनापछि लिमी गएको हो । उनले लिमी पुगेको खाद्यन्न घरधुरी अनुुसार प्रति परिवार दुई बोराका दरले बितरण गरिएको बताए ।

सिमकोटबाट लिमीसम्मको खाद्यन्न ढुवाँनीको मुल्य वडाले तिरेको छ । लिमिटेड हुुम्ला शाखाका प्रमुख कृष्ण अधिकारीले माग बढी भएपनि गोदाममा मौज्दातको अबस्था हेरि ५७ क्विन्टल खाद्यन्न मात्र लिमीका लागि उपलब्ध गराईएको बताए ।

उ । उक्त खाद्यन्न सिमकोट शाखाको कोटाबाट उपलब्ध गराईएको हो । गत वर्षको लिमी बिक्री केन्द्रका लागि निर्धारित कोटाको खाद्यन्न काठमाडौं, केरुङ हुुँदै तिब्बतको बाटोबाट लिमी पुग्नुु पर्नेमा कोरोनाको कारण नाका बन्द भएपछि सो खाद्यन्न ढुवाँनी हुन सकेको थिएन । लिमीमा खाद्यन्न समस्या देखिए पछि गत मङ्सिरमा हेलिकोप्टरबाट खाद्यन्न ढुवानी गरिएको थियो ।

स्राेत ः गाेरखापत्र

लिमीवासीले नौ महिनापछि प्रति घरधुरी ४० केजी खाद्यन्न  पाए

मदिरा सेवन गरी विद्यालय आएको आरोपमा प्रधानध्यापकलाई

लिमीवासीले नौ महिनापछि प्रति घरधुरी ४० केजी खाद्यन्न  पाए

काभ्रेस्थली घटनाः फेला पर्याे सुसाइड नोट

Leave a comment

Your email address will not be published. Required fields are marked *