भारतको कप्तानमा बुमराह

काठमाडौं,१७ असार ।

नियमित कप्तान रोहित शर्मा कोरोना संक्रमित भएपछि इंग्ल्यान्डविरूद्धको पाँचौ तथा अन्तिम टेस्टमा जसप्रित बुमराहले भारतको कप्तानी गर्ने भएका छन् । यसअघि उपकप्तान रहेका बुमराहले पहिलो पटक भारतीय टोलीको कप्तानी गर्न लागेका हुन् । भारतले ऋषभ पन्तलाई उपकप्तानमा नियुक्त गरेको थियो ।

२८ वर्षीय बुमराहले २०१८ मा दक्षिण अफ्रिकाविरूद्ध टेस्टमा डेब्यू गरेका थिए। २९ टेस्टमा ५६ इनिङ्स खेल्दै उनले १२३ विकेट लिइसकेका छन्। यसअघि घरेलु भूमिमा भएको श्रीलंकाविरूद्धको टेस्टमा उनले १० विकेट लिएका थिए ।

भारत र इंग्ल्यान्डबीचको पाँचौं टेस्ट खेल शुक्रबार दिउँसो ३ : १५ देखि सुरुहुनेछ । यो टेस्ट सिरिज गतवर्ष कोरोना कारण स्थगित भएको छ ।
चार खेल सकिँदा भारत २–१ ले अगाडि छ । गत वर्ष सिरिजमा भारतको विराट कोहली र इंग्ल्यान्डको जो रूटले कप्तानी गरेका थिए । तर यस पटक पाँचौं खेलमा भारतको जस्प्रित बुमराह र इंग्ल्यान्डको बेन स्टोक्सले नेतृत्व गर्नेछन् ।

स्रोत :  सेतोपाटी

Leave a comment

Your email address will not be published. Required fields are marked *