नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले उधारो कारोबार बन्द गर्न आग्रह

काठमाडौं,१७ असार ।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले उधारो कारोबार बन्द गर्न आग्रह गरेको छ । आज सार्वजनिक सूचना जारी गर्दै एशोसिएशनले सम्पूर्ण पेट्रोलियम विक्रेताहरूलाई उधारोमा पेट्रोल नदिन भनेको हो ।

बिक्रेताले विभिन्न व्यक्ति, फर्म, कम्पनी तथा कार्यालयहरूसँग उधारोमा समेत कारोबार गर्ने गरेको र त्यो रकम सम्बन्धित पेट्रोल पम्पलाई चुक्ता नगरी पुनः अर्को पेट्रोल पम्पबाट खरिदकर्ताले उधारो लिने गरेको पाइएकोतर्फ ध्यानाकर्षण भएको एशोसिएशनले जनाएको छ ।

पेट्रोलियम पदार्थको खरिद अग्रिम नगद भुक्तानी गरेर मात्र हुने भएकाले बिक्रीवितरण पनि नगदमा गर्न‚ गराउन अनुरोध गरिएको छ। यसअघि उधारोमा कारोबार गरेका खरिदकर्तासहित कसैलाई पनि आगामी आर्थिक वर्षदेखि उधारोमा कारोबार नगर्न सचेत गराइएको छ ।

लामो समयदेखि उधारो कारोबार गर्नेहरूको विवरण एक महिनाभित्र एशोसिएशनमा पठाउन पनि भनिएको छ । त्यस्ता खरिदकर्तालाई बाँकी बक्यौता चुक्ता नगरेसम्म कालो सूचीमा राख्ने एशोसिएशनको चेतावनी छ । साथै उनीहरूलाई देशभरका पेट्रोलपम्पहरूबाट नगदमा समेत पेट्रोल उपलब्ध नगर्न‚ नगराउन पेट्रोलियम बिक्रेता तथा सम्पूर्ण सरोकारवालाहरुलाई आग्रह गरिएको छ ।

स्रोत  : थाहाखबर

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले उधारो कारोबार बन्द गर्न आग्रह

नेपालले भारतलाई बेच्यो १ अर्ब ७२ करोडको

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले उधारो कारोबार बन्द गर्न आग्रह

भारतको कप्तानमा बुमराह

Leave a comment

Your email address will not be published. Required fields are marked *