डाँगीबाडामा जिप दुर्घटना हुँदा चालकको मृत्यु

डोल्पा, १७ असार ।
डोल्पा ठुलिभेरी नगरपालिका ९ डाँगीबाडामा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सुपानीबाट दुनै जाँदै गरेको भे १ च १६११ नम्वरको जिप दुर्घटना हुँदा चालक पूर्णबहादुर डाँगीको मृत्यु भएको हो ।

जिप आज बिहान ५ बजे अनियन्त्रित भइ सडकबाट अन्दाजी ५० मिटर तल खसेको हो ।
स्रोत ः थाहाखबर






