दाङमा मोटरसाइकलले २ वटा साइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

दाङ,१७ असार ।
दाङमा मोटरसाइकलले २ वटा साइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ, भने २ जना घाइते भएका छन् । जिल्ला ट्राफिक कार्यालय दाङका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही १५ का करिब ३५ वर्षीय गंगा बहादुर कुँवर र घोराही ७ का १६ वर्षीय रितेश केसी रहेका छन् ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियारका अनुसार बिहीबार राति करिब पौने ९ बजेतिर घोराही उपमहानगरपालिका ७ बेसाइस्थित सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा ३ प २९२२ नम्बरको मोटरसाइकलले २ वटा साइकललाई ठक्कर दिएर दुर्घटना भएको थियो ।

दुर्घटनामा परी मोटरसाइकल चालक कुँवर र मोटरसाइकलमा पछाडि सवार घोराही ७ बस्ने ३८ वर्षीय बसन्त चौधरी, साइकलयात्री सोही ठाउँका १५ वर्षीय बिनोद भण्डारी घाइते भएका थिए । घाइतेहरूलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाइएको र कुँवर र केसीको उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ
। त्यस्तै घाइते चौधरीको नाक, मुख र टाउकोमा चोट लागेको र उनको अवस्था गम्भीर रहेको पनि प्रहरीले जनाएको छ । त्यसैगरी अर्का घाइते भण्डारीलाई खुट्टा र दाहिने हातमा चोट लागेको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
स्रोत : थाहाखबर






