पाँच दिनपछि अबरुद्ध हवाई सुचारु

हुम्ला, १७ असार ।

पाँच दिनदेखि अबरुद्ध रहेको कर्णालीका हिमाली जिल्लाहरुमा अबरुद्ध रहेको हवाई सेवा सुुचारु भएको छ । लगातार आन्तरिक रुढको मौसम सफा नभएको हवाई सेवा अबरुद्ध रहदै आएकोमा बिहीबार सुुधार आएपछि हवाई सेवा सुचारु भएको हो ।

केही दिनदेखि हवाई सेवासमेत ठप्प भएपछि आफूहरू समस्यामा पर्दै आएकोमा हुम्ला जान पाएको सार्केगाड–४ का मनबहादुर रोकायले बताए । यो समयमा धेरै यात्रुहरुले नेपालजंग बिमान स्थलमा उडान नभएपछि शास्ती खेप्नुु परेको थियो ।

नेपाल नागरिक उड्यायन प्राधिकरण सिमकोटका प्रमुख मोहन गिरीका अनुुसार पाँच दिन लगातार मौसम खराबीको कारण अबरुद्ध हुुँदै आएको हवाई सेवा सुुचारु भएको छ । उनी आफै पनि चार दिन नेपालगंजमा रोकिनुु परेको थियो । उनँले सेवा सुुचारु भएपछि सबैलाई सहज भएको बताए । अबरुद्ध पछि पहिलो दिन सिमकोटका लागि तारा, सीता र समिट एयरले उडान भरेका थिए ।

यस अबधिमा हुुम्ला खण्डको मौसम राम्रो भएपनि बाजुुरा र कालिकोट क्षेत्रको रुढमा मौसम सफा नभएकोले हवाई सेवा अबरुद्ध हुँदै आएको थियो । सडक सञ्जलासँग नजोडिएकोले हुम्लाका जनता हवाइ मार्गमार्फत नै यात्रा गर्न बाध्य छन् । सुर्खेत र नेपालगञ्जबाट हुम्लाका लागि उडान हुँदै आएको छ ।

अधिकांश समय यी जिल्लामा निजी प्रदायक कम्पनीका जहाजले मात्र उडान भर्दै आएका छन् । हप्तामा तीन दिन नेपाल एयरलाईन्सले उडान भर्ने गरेको भएपनि यसबिचमा नेपाल एयरलाईन्सले पनि उडान भर्न सकेको छैन । सिमकोटमा रोकिएका यात्रुुहरु पनि हवाई सेवा सुचारु भएपछि आफ्नो गन्तव्यतर्फ लाग्न पाएका छन् ।

हुम्ला, डोल्पा, मुुगुुको ताल्चा, जुुुुुुम्ला र बाजुुराको कोल्टीमा मौसममा आएको खराबीका कारण हवाई सेवा बन्द हुुँदै आएकोमा सुुचारु भएको नेपालगंज बिमानस्थलले जनाएको छ । यो अबधिमा दैनिक यात्रुहरू विमानस्थल गएर फर्कन बाध्य भएका थिए ।  गोरखापत्र

पाँच दिनपछि अबरुद्ध हवाई सुचारु

असल आमालाई सम्मान

पाँच दिनपछि अबरुद्ध हवाई सुचारु

डाँगीबाडामा जिप दुर्घटना हुँदा चालकको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *