६३०३ जनाको लागि जागिर खुल्यो

सुर्खेत, १७ फागुन ।
राष्ट्रिय कृषि गणना–२०७८ का लागि ठुलो संख्यामा करार कर्मचारी खुलेको छ । राष्ट्रिय योजना आयोग केन्द्रीय तथ्याङ्क विभागले मिति २०७८ फागुन १० गते सूचना प्रकाशित गर्दै ६३०३ जना करार कर्मचारीको लागि आवेदन माग गरेको छ ।

दुइ महिनाका लागि कृषि गणनाको तथ्याङ्क संकलन तथा सुपरिवेक्षण गर्ने कार्यमा सुपरिवेक्षण पदमा १२८० जना र गणक ५०२३ जना करार कर्मचारी माग गरिएको छ ।

मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातक तह वा सो सरह उत्तिर्ण गरेकाले सुपरिवेक्षण पदमा आवेदन दिन सक्ने छन भने उक्त पदको तलव मासिक रु.३०२००।– तोकिएको छ ।

त्यसैगरी मान्यता प्राप्त शैक्षिक संस्थाबाट प्रविणता प्रमाण तह वा सो सरह उत्तिर्ण गरेका व्यक्तिले गणक पदमा आवेदन दिन सक्ने छन भने उक्त पदको तलव मासिक रु. २८६१०। रुपैयाँ हुने जनाइएको छ । इच्छुक युवाहरुले अनलाइनको माध्यमबाट सूचना प्रकाशित भएको मितिले २८ दिनभित्र वा २०७८ चैत्र ७ गतेभित्र आवेदन दिन सकिनेछ ।

६३०३ जनाको लागि जागिर खुल्यो

एमालेका सांसद बानियाँ ८ बजे राती पक्राउ

६३०३ जनाको लागि जागिर खुल्यो

प्रहरीद्धारा पत्रिका कव्जा, वितरकमाथी त्रास र दुर्व्यवहार

Leave a comment

Your email address will not be published. Required fields are marked *