प्रहरीद्धारा पत्रिका कव्जा, वितरकमाथी त्रास र दुर्व्यवहार

सुर्खेत, १७ फागुन ।
मंगलबार विहानै हातमा अखबार लिएर वितरण गर्दै हिडेका पत्रिका वितरकमाथी प्रहरीले दुर्व्यवहार गरेको छ । मंगलबार विहानै घर–घर पसल–पसलमा पत्रिका पुरयाउँदै हिडेका युगआव्हान राष्ट्रिय दैनिकका पत्रिका वितरकमाथी आफ्नो पहिचान देखाउँदा देखाउँदै प्रहरीले दुर्व्यवहार तथा हातपात गरेको हो ।

कफर्यू लागेको भन्दै युगआव्हान राष्ट्रिय दैनिक पत्रिका वितरकहरुमाथी दुर्व्यवहार गर्नुका साथै तिनकुने चोकमा खटिएको प्रहरी टोलीले पत्रिकानै कव्जा गरी वितरकलाई दुव्र्यवहार गरेर घर पठाइदिएका छन् ।

पत्रिका वितरकहरुले पत्रिका बाँडदै गरेको देख्दा–देख्दै दुर्व्यवहार गर्नुका साथै पत्रिका कव्जा गरेर राखेको युगआव्हान दैनिक पत्रिका वितरक विनु शाहीले जानकारी दिनुभएकोछ । पत्रिका वितरण कार्य सामान्यतया विहान ४ बजेदेखि ८ बजेकाे समयमा गर्ने गरिन्छ ।

तिनकुने–एयरपोर्ट चोक–पिपिरा–धुलियाविट सडक खण्डमा पत्रिका वितरणमा खटिएका वितरक निसान चन्दलाई प्रहरीले लठ्ठी र हात हान्नुका साथै १५० प्रति पत्रिका खोसेर सडकमै फालेको उहाँले बताउनुभयो ।

‘कफ्र्यु लागेको थाहा छैन । आज पत्रिका बाँडनु पर्दैन भन्दै प्रहरी पत्रिका खोसेर लगातार हान्न थालेपछि म भागेर हिँडे, मेरो मोवाईल पनि फुट्यो’ वितरक चन्दले जानकारी दिनुभएको छ ।

प्रत्येक दिन आम नागरिकको सुसुचित हुने अधिकार हुन्छ । आफ्नो पहिचान खुल्ने गरी पत्रिका वितरण जस्तो सम्वेदनशिल कार्यलाई प्रहरी प्रशासनले गम्भिरतापूर्वक लिनुपर्ने नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष देविराम देवकोटाले बताउनुभयो ।

पत्रिका वितरकमाथी भएको दुव्र्यवहारका सम्वन्धमा जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरिक्षक (डिएसपी) प्रवक्ता राम प्रसाद घर्तीले पत्रकारहरुलाई कुनै अवरोध, रोकावट नहुने बताउँदै घटनाका विषयमा तत्काल बुझने बताउनुभयो ।

पत्रिका वितरकहरु माथी गरिएकाे दुर्व्यवहारकाे विराेध जनाउँदै पत्रिकाका प्रकाशक/सम्पादक दीपक बुढाले घटनाकाे निन्दा गर्नुभएकाे छ । काेभिडकाे पहिलाे सक्रमण तथा त्रासमा त पत्रिका छपाइ तथा वितरण नराेकिएकाे तर मगलबारकाे कर्पःयूमा प्रहरी प्रशासनबाट पत्रिका वितरकहरुलाइ थप त्रास उत्पन्न हुने, डर, धम्की दिने, कुटपिट गर्ने कार्य दुखद् र निन्दनिय भएकाे बताउनुभएकाे छ ।

प्रहरीद्धारा पत्रिका कव्जा, वितरकमाथी त्रास र दुर्व्यवहार

६३०३ जनाको लागि जागिर खुल्यो

प्रहरीद्धारा पत्रिका कव्जा, वितरकमाथी त्रास र दुर्व्यवहार

बाबुआमासँगै पारस निर्मल निवासमा : छोरा अमेरिका,

Leave a comment

Your email address will not be published. Required fields are marked *