एमालेका सांसद बानियाँ ८ बजे राती पक्राउ

सुर्खेत, १६ फागुन ।
एक शिक्षिकामाथी बलात्कार गरेको आरोप लागेका मुगुका एमाले सांसद मोहन बानियाँ पक्राउ परेका छन् । प्रहरीको खोजिमा रहेका बानियाँ नेपालगन्ज विमानस्थलबाट पक्राउ परेका हुन ।

नेपालगन्जको अप्सरा होटलमा जुम्लाकी एक शिक्षाका माथी बलत्कार गरेको आरोप लनगेका बानियाँलाई नेपालगन्ज एरपोर्टबाट पक्राउ गरिएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले युगआह्वानलाई जानकारी दिए ।

जिल्ला अदालत बाँकेले पक्राउ पुर्जी जारी गरेपछि सम्पर्कविहीन भएका बानियाँ आज पक्राउ परेका हुन । डीएसपी मधुसूदन न्यौपानेले भने, ‘पूर्वमन्त्रीसमेत रहेका सांसद बानियाँलाई नेपालगंज विमानस्थलबाट पक्राउ गरिएको छ ।

आज रात्रि करीब ८ बजे पक्राउ गरीएको र भोली सार्वजनिक विदा भएका कारण बुधबार मात्र अदालतबाट म्याद थप गरेर कारवाहि प्रक्रिया अगाडि बढाउँछौं ।’ उनले भने, ‘म आफैं आउँछु भन्नुभएको थियो आउने बेला जानकारी दिईयो हामीले विमानस्थलबाट नियन्त्रण लियौं ।’

एमालेका सांसद बानियाँ ८ बजे राती पक्राउ

सुर्खेतमा भएको प्रदर्शन (फोटो फिचर)

एमालेका सांसद बानियाँ ८ बजे राती पक्राउ

६३०३ जनाको लागि जागिर खुल्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *