कालीकोटमा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गयो

कालीकोट : कालीकोटको नरहरिनाथ गाउँपालिका(१ निलाखामा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

सिमेन्ट र डिजेल बोकेर जितेगडाबाट नरहरिनाथ गाउँपालिकाको सुनथराली विमानस्थलतर्फ जाँदै गरेको बा ५ ख ४६४३ नम्बरको ट्रक दुर्घटना भएको हो ।

दुर्घटनामा परि ट्रक चालक नरहरिनाथ(१ का जयबहादुर विष्टको ज्यान गएको कालीकोटका डीएसपी सिद्धराज न्यौपानेले बताउनु भयो ।

दुर्घटनामा घाइते भएका नेत्रबहादुर विष्टलाई उपचारका लागि जिल्ला सदरमुकाम ल्याउने तयारी भइरहेको न्यौपानेले बताउनु भयो ।

कालीकोटमा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गयो

शेयर ८० अङ्कले घटेयो , पाँच अर्ब

कालीकोटमा ट्रक दुर्घटना हुँदा एक जनाको ज्यान गयो

‘ए’ डिभिजन लिग :  मच्छिन्द्र र आर्मी

Leave a comment

Your email address will not be published. Required fields are marked *