बलिउडको नक्कल नगर्न पाकिस्तानी फिल्मकर्मीलाई प्रधानमन्त्री खानको आग्रह

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्ना देशका फिल्मकर्मीहरुलाई बलिउड फिल्म उद्योगको फोटोकपी नगर्न अनुरोध गरेका छन्।

इस्लामाबादमा सर्ट फिल्म महोत्सवमा बोल्दै उनले पाकिस्तानी फिल्म उद्योगमा बलिउडको प्रभाव बढिरहेकाले बताउादै नयाँ कन्टेन्ट निर्माणमा ध्यान दिन आग्रह गरे। उनले पाकस्तानी फिल्मकर्मीले अर्को राष्ट्रको संस्कृतिलाई पछ्याएको र आफ्नो मुलुकको संस्कृति हराउँदै गएको धारणा व्यक्त गरे।

खानले पाकिस्तानी फिल्म उद्योग सोचाइ नयाँ तरिकाबाट अगाडि बढ्नुपर्ने भन्दै उनले भने, ‘पाकिस्तान फिल्म उद्योगमा आउने नयाँ पुस्ताले फोटोकपी नगरी आफ्नो मिहिनेतले वास्तविकता देखाउन जरूरी छ। किनभने विश्वमा सक्कली चिजको मूल्य बढी हुन्छ। नक्कली चिजको कुनै मूल्य छैन।’

पाकिस्तानको लोकप्रिय संस्कृतिमा हलिउड र बलिउडको प्रभाव रहेको संकेत गर्दै खानले कुनै पनि स्थानीय सामग्रीलाई व्यावसायिक रुपमा देख्न जरूरी रहेको बताए। जसले आफूलाई सम्मान गर्छ उसलाई विश्वले पनि सम्मान गर्ने पनि खानको भनाइ छ।

‘मौलिक सामग्री निर्माण गरौं। किनभने असफलतादेखि हामी डराउनु हुँदैन‚’ खानले भने, ‘यो मेरो जीवनको अनुभव हो। जुन हारसँग डराउँछ उसले कहिल्यै जित्न सक्दैन।’

Leave a comment

Your email address will not be published. Required fields are marked *