सर्लाहीमा दुई छोराछोरी सहित आमा मृत फेला

सर्लाही : सर्लाहीको बरहथवा नगरपालिकामा आज एकै परिवारका तीन सदस्य मृत अवस्थामा फेला परेका छन्। बरहथवा नगरपालिका–१, हजरिया नयाँ बजारमा एकै परिवारका छोराछोरी र आमाको शव फेला परेको हो।

मृत फेला पर्नेमा २६ वर्षीया आमा कविता पासवान, छोरी ६ वर्षीया सलोनी पासवान र छोरा ४ वर्षीय स्वागत पासवान रहेका छन्। आज बिहान ७ बजेतिर आमा कविताको शव झुण्डिएको अवस्थामा र दुवै छोराछोरी ओछ्यानमा सुतिरहेको अवस्थामा मृत फेला परेका इलाका प्रहरी कार्यालय, बरहथवाले जनाएको छ।

तीनैजनाको शव अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा लगिएको प्रहरीले जानकारी दिएको छ। घटनाको सम्बन्धमा प्रारम्भिक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, बरहथवाले जनाएको छ।

मृतक पासवानको पारिवारिक स्रोतका अनुसार कविताका श्रीमान् विगत चार वर्षदेखि वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेका छन्।

सर्लाहीमा दुई छोराछोरी सहित आमा मृत फेला

कांग्रेसको निर्वाचन समिति संयोजकमा घिमिरे

सर्लाहीमा दुई छोराछोरी सहित आमा मृत फेला

पूर्वमाओवादी नेताहरुसँग ओलीको छलफल

Leave a comment

Your email address will not be published. Required fields are marked *