सुनको मूल्य आज प्रतितोला २०० रूपैयाँले बढ्यो‚ चाँदीको घट्यो

काठमाडौं : आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार १०० रूपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९१ हजार ९०० मा कारोबार भएको सुनको मूल्य आज प्रतितोला २०० रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ६०० रूपैयाँ कायम भएको छ। शुक्रबार प्रतितोला ९१ हजार ४०० रूपैयाँमा यसको कारोबार भएको थियो।
त्यस्तै‚ आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रूपैयाँले घटेर एक हजार २१० रूपैयाँ तोकिएको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ।







