महोत्तरीमा नक्कली नोटसहित एकजना  पक्राउ

जनकपुर : महोत्तरीमा नक्कली नोटसहित एकजना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गौशाला नगरपालिका–९ डुवरबानाका ४४ वर्षीय सुकन महतो रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिए।

उनका अनुसार बुधबार साँझ नक्कली नोटसहित महतोलाई गौशाला बजारबाट पक्राउ गरिएको हो। पक्राउ परेका महतो तरकारी व्यापारी रहेको प्रहरीले जनाएको छ।

महतोले गौशाला बजारमा तरकारी खरिद गर्ने क्रममा किसानलाई नक्कली नोट दिएछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। स्थानीयले दिएको जानकारीपछि इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरी टोलीले नक्कली नोट कारोवारी महतोलाई पक्राउ गरिएको प्रहरी निरीक्षक बस्यालले जनाए।

उनका अनुसार प्रारम्भिक अनुसन्धान गर्दा व्यापारी महतोको डेराबाट २ लाख ८० हजार ९ सय २९ रुपैयाको भारतीय नोट र नेपाली ८ लाख ९७ हजार ४ सय ३५ रुपैया बरामद समेत भएको छ। ती सबै नोट नक्कली रहेको प्रहरी निरीक्षक बस्यालले बताए।

यस विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।

महोत्तरीमा नक्कली नोटसहित एकजना  पक्राउ

राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार बन्दैछ, – माधव

महोत्तरीमा नक्कली नोटसहित एकजना  पक्राउ

शिक्षामन्त्री र स्विजरल्याण्डका राजदूतबीच भेटवार्ता

Leave a comment

Your email address will not be published. Required fields are marked *