युरो कप आज : स्पेनले क्रोएसियासँग भिड्दा, फ्रान्सको प्रतिद्वन्द्वी स्विट्जरल्यान्ड

एजेन्सी । युरो कप फुटबलमा आज दुई खेलहरु हुँदैछन् । युरो कपको नकआउट चरण अर्थात् अन्तिम १६ अन्तर्गत सोमबार राति दुई खेलहरु हुन लागेको हो। पहिलो खेलमा स्पेन र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो खेलमा फ्रान्सले स्विट्जरल्यान्डको सामना गर्नेछ ।

डेनमार्कको पार्केन एरिनामा हुने स्पेन र क्रोएसियाबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ। दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा हुनेछन्।

स्पेनले समूह ईु बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो। स्पेनले ३ खेलमा ५ अंक जोडेको थियो। समूह चरणको पहिलो खेलमा स्पेन स्विडेनसँग गोलरहित बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा स्पेनले पोल्याण्डसँग १-१ गोलको बराबरी खेलेको थियो। समूह चरणको अन्तिम खेलमा स्पेनले स्लोभाकियालाई ५-० गोल अन्तरले पराजित गरेको थियो ।

क्रोएसियाले समूह ‘डी’ बाट उपविजेता बन्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो। क्रोएसियाले ३ खेलमा ४ अंक जोडेको थियो। पहिलो खेलमा क्रोएसिया इंग्ल्यान्डसँग १–० गोल अन्तरले पराजित भएको थियो। दोस्रो खेलमा क्रोएसियाले चेक रिपब्लिकसँग १-१ गोलको बराबरी खेलेको थियो। समूह चरणको अन्तिम खेलमा क्रोएसियाले स्कटल्याण्डमाथि ३-१ गोलको जित निकालेको थियो।

क्रोएसिया र स्पेनबीच मुख्य प्रतियोगितामा तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यस अघिको दुई भेटमा दुबै टोलीले एक एक खेल जितेका छन्। नेसन्स लिग अन्तर्गत सन् २०१८ को सेप्टेम्बर स्पेनले क्रोएसियालाई ६-० ले हराएको थियो। २०१८ को नोभेम्बरमा भएको खेलमा भने क्रोएसियाले स्पेनलाई ३-२ ले पराजित गरेको थियो।

रोमानियाको नेसनल एरिनामा हुने फ्रान्स र स्विट्जरल्यान्डबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ। आज दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छन।

साविक उपविजेता समेत रहेको फ्रान्स समूह ‘एफ’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो। समूह चरणमा फ्रान्सले ३ खेलमा ५ अंक जोडेको थियो।

समूह चरणको पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १-० गोल अन्तरले हराएको थियो। तर, दोस्रो खेलमा फ्रान्स हंगेरीसँग १-१ गोलको बराबरीमा रोकिएको थियो। यस्तै अन्तिम खेलमा पनि फ्रान्स पोर्चुगलसँग २-२ गोलको बराबरीमा रोकिएको थियो।

स्विट्जरल्यान्डले समूह ‘ए’ बाट नकआउट चरणमा स्थान बनाएको हो। समूहको उत्कृष्ट तेस्रो बन्दै नकआउट चरणमा प्रवेश गरेको स्विट्जरल्यान्डले ३ खेलमा ४ अंक जोएको थियो।

समूह चरणको पहिलो खेलमा वेल्ससँग १-१ गोलको बराबरी खेलेको स्विट्जरल्यान्ड दोस्रो खेलमा इटालीसँग ३-० ले पराजित भएको थियो। समूह चरणको अन्तिम खेलमा स्विट्जरल्यान्डले टर्कीलाई ३-१ गोल अन्तरले हराएको थियो।

फ्रान्स र स्विट्जरल्यान्डबीच पछिल्लो ७ खेलको नतिजामा फ्रान्स बलियो देखिएको छ। फ्रान्सले ३ खेल जित्दा ४ खेलमा बराबरी खेलेको छ। दुई टिमबीच मुख्य प्रतियोगितामा पाँचौं पटक खेल्न लागेका हुन्।

युरो कप आज : स्पेनले क्रोएसियासँग भिड्दा, फ्रान्सको प्रतिद्वन्द्वी स्विट्जरल्यान्ड

कबड्डीको मुख्य प्रशिक्षकमा भट्ट नियुक्त

युरो कप आज : स्पेनले क्रोएसियासँग भिड्दा, फ्रान्सको प्रतिद्वन्द्वी स्विट्जरल्यान्ड

बजेटमा स्वार्थको लडाइँ

Leave a comment

Your email address will not be published. Required fields are marked *