जुम्ला आगलागीले जुरायो मन्त्री भण्डारीलाई १५ वर्षपछि हेडक्वाटर जाने दिन, दश लाख बढिको राहत र नगद बाँडेर फर्किए मन्त्री

सुर्खेत, १५ माघ ,
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी तत्कालिन जनयुद्धको समयमा पार्टी हेडक्वार्टर सञ्चालन गरेर बसेको तिला गाउँपालिकाको गोठी गाउँमा विहीबार राहत सामाग्रीसहित नगद बोकेर गएका छन् ।

केहि दिन अघि जुम्लाको तिला गाउँमा भएको भिषण आगलागिमा परेर २८ घरका ३१ परिवारलाई राहत सामाग्रीसहित नगद हस्तान्तरण गरेर सुर्खेत फर्किएको स्थानीय पीडित शितल रोकायाले बताईन ।
‘उहाँ यहाँ डेढ दशक पछि आउनु भयो । हामीलाई खाद्यान्न, लुगाकपडा, नुन, दाल, त्रिपाल, व्ल्यांकेटलगायतका सामाग्री हस्तान्तरण गरेर जानु भएको छ ।’ उनले भनिन, ‘उहाँले जिल्ला प्रशासन कार्यालयसँग मिलेर नगद पन्ध्र हजारका दरले प्रतिपरिवार रकम पनि हस्तान्तरण गर्नु भएको छ । नजिकको सरकार भएको महसुस गरेका छौं ।’ उनले आगलागीका कारण आफूहरुसँग केहि पनि नबचेको बेला भगवानको रुपमा कर्णाली सरकार आइ राहत दिएकोमा धन्यवादसमेत दिईन ।
यता, मन्त्री भण्डारीले सोही गाउँका घाइते तिनजनालाई हेलिकप्टरबाट उद्धार गर्दै उपचारका लागि सुर्खेत ल्याएका छन् । स्थानीय मोतिलाल रोकायका अनुसार आगलागिमा परेर घाईते जुनपुरा रोकाया, जया रोकाया, विहेवली रोकाया उपचारका लागि सुर्खेत आइपुगेका हुन । उनको स्थानीय एक अस्पतालमा उपचार भइरहेको छ ।






