नाटकै नाटकको नगरपालिका आठबीस दैलेखमा फेरि सुरु भयो ‘नौटंकी’

सुर्खेत, १५ माघ ।
दैलेखको पश्चिम क्षेत्रमा पर्ने आठबीस नगरपालिकामा कुनै यस्तो समय छैन जहिल्यै नारावाजी, आन्दोलन, तोडफोड नभएको समाचार नसुनिएको होस । आठबीस कर्णालीकै यस्तो पालिका हो जहाँ कुरा नमिल्दा बैठक बहिष्कार हुनु स्वभाविक हो माइन्यूट नै च्यात्ने काम हुन्छ । अनि अर्को पक्षले अदालतमा मुद्दा हाल्छ । सत्तापक्ष र विपक्षको घृणित हर्कत आज सुरु भएको नगरसभामा पनि देखिएको छ ।
आठबीस नगरपालिकाका उपप्रमुख दिपा बोहोराले सामाजिक सञ्जाल फेसबुकमा आफूहरुले बहिष्कार गरेको उल्लेख गरेकी छिन् । उनले विभिन्न चार बुँदा उल्लेख गर्दै अनियमितता गर्नेलाई प्रोत्साहन भइरहेको बताउँदै त्यस्तालाई कारवाही माग गर्दा सुनुवाई नभएको उल्लेख गरेकी हुन ।


उनले नगरसभा वहिष्कार गर्नुुपर्ने कारणबारे सञ्जालमा यस्तो लेखेकी छिन ।
१. प्रकृयागतरुपमा भन्दा खल्तीबाट योजना निर्धारण गर्ने प्रकृयाका विरुद्ध,
२.बहुसंख्यक जनतालाई भन्दा आफ्ना आसेपासे, हुक्के, बैठकलेहरुलाई फाइदा पुग्ने योजना निर्धारण गर्ने कार्यका बिरुद्द,
३. अनियमितता गर्नेहरुलाई कारवाही गर्नुको साटो प्रोत्साहन गरिरहने कार्यका विरुद्ध,
४. हरेक पटक प्रकृया अनुशरण नगरिकन कार्यपालिका बैठक तथा नगरसभा आव्हान गर्ने, छलफलका प्रश्तावहरुको सूचना नदिइकन चोरबाटोबाट प्रस्ताव प्रस्तुत गर्ने कार्यका विरुद्ध ।

नाटकै नाटकको नगरपालिका आठबीस दैलेखमा फेरि सुरु भयो ‘नौटंकी’

मेलमिलाप आयोगले कर्णालीमा सुरु ग¥यो पीडीत परिचयपत्र

नाटकै नाटकको नगरपालिका आठबीस दैलेखमा फेरि सुरु भयो ‘नौटंकी’

जुम्ला आगलागीले जुरायो मन्त्री भण्डारीलाई १५ वर्षपछि

Leave a comment

Your email address will not be published. Required fields are marked *