कार्यकर्ता खोज्न केपि ओली समूह गाउँ गाउँमा

दुर्गा विसी
सल्लीबजार, १६ माघ ।
सल्यानको पश्चिम क्षेत्रमा नेपाल कम्यूनिस्ट पार्टी नेकपा ओली पक्ष यतिबेला कार्यकर्ता खोज्न गाउँ पुग्न थालेको छ । वडा नं. २ बाट सुरु गरेको उक्त अभियान वडा नं. ३ हँुदै ४ सम्म पुगेको छ । सल्यान पश्चिममा नेताहरु नेपाल–प्रचण्ड पक्षमा रहे पनि आम जनमानसको उल्लेख्य संख्या ओली समुहमा रहेको दावि गरिएको छ ।
वडा नं. ४ मा वडा स्तरीय भेलामा कार्यक्रम प्रमुख अतिथि नेकपा जिल्ला अध्यक्ष गोविन्द कुमार पुनले निर्वाचन आयोगको निर्णय अनुसार पार्टी एउटै भएकोले मुल नेतृत्व केपि ओली रहेको टिम नै आधिकारिक भएकोले कुनै भ्रममा नपर्न कार्यकर्तालाई आश्वास्त पार्नुभएको छ ।
प्रशिक्षण तथा भेलामा बोल्दै कोहि कतै भ्रमित नहुन उहाँको विशेष अभियान रहेको छ ।
आफुहरुले नेतृत्व गरेको पक्षमा नेकपा र चुनाव चिन्ह समेत कोहि कसैसँग नजाने जनाएको छ । देशमा विकासको आधार तय हँुदै गर्दा देशको स्थिर विकास र स्थायित्व देख्न नचाहनेहरुको भिडले आज यो अवस्था बनाएको उहाँको भनाई छ । पार्टी नफुटेको र केहिले मात्रै नौटंकी देखाइ रहेको उहाँको भनाइ रहेको छ ।
नेकपा ओली समुहले गर्ने भेला र कार्यक्रम तमाम कार्यकर्ताको उल्लेख्य भिड लाग्ने गरेको छ । विहिवार वडा नं. ४ मा भएको वडा स्तरीय भेलामा कर्णाली प्रदेश परिषद सल्लाहकार समिति सदस्य अक्वर पुन, नगर पार्टी सचिव गञ्जमान वुढा, अनेरास्ववियुका केन्द्रीय सदस्य राजेश ओली, नेकपा नगर कमिटी सदस्य दलवहादुर वुढा, पुष्कर वुढा, टोपवहादुर विसी, हरिलाल विष्ट, अनेरास्ववियुका जिल्ला सदस्य पुष्कर विक, युवा संघ जिल्ला कमिटी सदस्य पदम विष्ट, प्रकाश वस्नेत लगायतका वक्ताहरुले धारणा राखेको जनाएको छ ।
वडा कमिटी अध्यक्ष मोतिलाल पुनको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन नगर कमिटि सदस्य केसर रानाले गरेको जनाएको छ । नेकपा वलि समुहको १२ वटा मध्ये २, ३ र ४ को भेला तथा प्रशिक्षण सम्पन्न भएको छ ।







