२०८३ आश्विन १७ गते
×

Now Playing

भारतको जम्मु विमानस्थलमा दुई शक्तिशाली विस्फोट

रासस । भारतको जम्मुस्थित विमानस्थलमा आइतबार शक्तिशाली विस्फोट भएको छ। करिब पाँच मिनेटको अन्तरमा दुई पटक विस्फोट भएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

विमानस्थलको उच्च सुरक्षासहितको प्राविधिक क्षेत्रमा भएको विस्फोटबाट कुनै मानवीय क्षति भएको विवरण भने अहिलेसम्म नआएको अधिकारीले बताए ।

स्थानीय समय अनुसार बिहान १.४५ बजे पहिलो विस्फोट भएको थियो। घटनास्थललाई सुरक्षा फौजले सुरक्षा दिएको छ । दुई विस्फोटमध्ये पहिलो विस्फोट प्राविधिक क्षेत्रको एउटा भवनको छतमा भएको थियो भने दोस्रो विस्फोट जमिनमा भएको थियो  ।

‘जम्मु विमानस्थल भित्र अति संवेदनशील क्षेत्रका दुई विस्फोटन भएको खबर आएको छ, घटनाका बारेमा प्राप्त प्रारम्भिक विवरणमा कुनै मानवीय क्षति भएको विवरण छैन’, एक जना सुरक्षा अधिकारीले भने ।

घटनाका बारेमा छलफल र समीक्षा गर्न उच्च सुरक्षा अधिकारीहरुको बैठक बोलाइएको पनि ति अधिकारीले बताए ।

भारतको जम्मु विमानस्थलमा दुई शक्तिशाली विस्फोट

यमनमा भीडन्त : कम्तीमा १११ जनाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *