केकीले मागिन् माफी !

काठमाडौं । अभिनेत्री केकीले माफी मागेकी छन् । उनले सामाजिक सञ्जालमा ‘अन्तरहृदयबाट क्षमाप्रार्थी छु’ शीर्षकमा एक पोष्ट लेख्दै माफी मागेकी हुन् ।

‘जानी नजानी कुनै न कुनै प्रकृतिको, भावनाको, सोचको भेदभाव, विभेद हामी सबै भित्र दृश्य–अदृश्य रुपमा जकडिएको छ’ उनले फेसबुकमा लेखेकी छन् ‘आफूले आफूलाई नियाल्न, मूल्याङ्कन गर्न र त्यस प्रकारको सोच आफै भित्रबाट जरैदेखि निर्मूल पार्न हामी सबैलाई विवेक र शक्ति मिलोस् ।’

उनले थपिन्, ‘अहिलेसम्म आफूबाट भएको वा हुन गएको सबै खालको व्यवहारिक एवम् वैचारिक विभेद वा त्यस किसिमको सोच र त्यसबाट पर्न गएको असर(ठेस)का लागि म अन्तर हृदयबाट क्षमाप्रार्थी छु ।’ केही साता अगाडि बिपश्यानाबाट फर्किएकी केकीले किन र के कारण यो स्ट्याटस लेखिन् त्यो भने बताएकी छैनन् ।

केकीले मागिन् माफी !

अभिनेत्री पायल रोहतगी पक्राउ

केकीले मागिन् माफी !

YUGAAWHAN NATIONAL DAILY (2078-03-13)

Leave a comment

Your email address will not be published. Required fields are marked *