हेमोफिलियाका बिरामीको तथ्यांक समेट्न हेमोफिलिया सोसाइटी नेपालकाे माग

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ मा देशभर रहेका हेमोफिलियाका बिरामीको तथ्यांक पनि समेट्न हेमोफिलिया सोसाइटी नेपालले माग गरेको छ। करिब ३ हजार नेपाली हेमोफिलियाका बिरामी रहेको अनुमान सोसाइटीको छ । काठमाडौंमा शनिबार पत्रकार सम्मेलन गरी सोसाइटीले राष्ट्रिय जनगणना २०७८ मा पहिलोपटक हेमोफिलियाका बिरामीको पनि गणना हुने भएकाले जनगणनामा उनीहरूको वास्तविक तथ्यांक समेट्ने गरी गणना गर्न, पनि माग गरेको हो ।


महासंघले हेमोफिलिया भएकाहरू अपांगता ऐनमा समेटिएका तथा अपांगताको सूचीमा दसौं नम्बरमा राखिएको जानकारी दिएको छ। गणक आउँदा घरपरिवारमा हेमोफिलियाका बिरामी भए सबै विवरण प्रष्ट दिन पनि महासंघले अनुरोध गरेको छ। त्यस्तै, यसबारे गणकलाई पनि सचेत र सजग हुन महासंघले आग्रह गरेको छ।

महासंघका महासचिव दिपक न्यौपानेले वास्तविक तथ्यांक समेट्न तथा गणक र सुपरिवेक्षकलाई यसबारे आवश्यक तालिम दिन माग गरेका हुन ।

 

हेमोफिलियाका बिरामीको तथ्यांक समेट्न हेमोफिलिया सोसाइटी नेपालकाे माग

देशभर ९ सय ५३ जनामा कोरोना संक्रमण

हेमोफिलियाका बिरामीको तथ्यांक समेट्न हेमोफिलिया सोसाइटी नेपालकाे माग

इपिएल : ललितपुरमाथि काठमाडौंको शानदार जित

Leave a comment

Your email address will not be published. Required fields are marked *