एक हप्ताभित्र झन्डै १० लाख मात्रा कोभिसिल्ड खोप आउँदै

काठमाडौं :  एक हप्ताभित्र भारतबाट कोरोनाविरुद्धको झन्डै दश लाख कोभिसिल्ड खोप आउने भएको छ।

कोभ्याक्स सुविधामार्फत कोभिसिल्ड खोप आउन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोभ्याक्स सुविधाअन्तर्गत नेपालले ६० लाख कोभिसिल्ड खोप पाउने निश्चित भए पनि पहिलो लटमा थप ९ लाख ७० हजार डोज खोप आउन लागेको बताइएको छ।

स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका अनुसार एक साताभित्र खोप काठमाडौँ आइपुग्नेछ। स्वास्थ्य सेवा विभाग आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुङ्गानाले नोभेम्बर २९ तारिखसम्म पहिलो लट खोप आउने बताए। ‘कोभ्याक्स सुविधामार्फत ६० लाख कोभिसिल्ड खोप आउने हो, उक्त खोपको पहिलो लट खोप नोभेम्बर २९ सम्म आउँछ।‘

अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेर भारतको सिरम इन्स्टिच्यूट अफ इन्डियाको उत्पादन यो खोप भारतले सुरुमा १० लाख मात्रा अनुदान दिएको थियो भने पछि नेपालले सहुलियत दरमा २० लाख मात्रा किनेको थियो।

भारतले अनुदान स्वरूप दिएको दश लाख मात्रा कोभिसिल्ड खोपबाटै नेपालमा गत वर्षको माघ १४ गतेबाट नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको थियो। कोभिडको दोस्रो लहर चलेपछि खोप निर्यातमा प्रतिबन्ध लगाएको भारतले तीन महिनाअघि उक्त प्रतिबन्ध फुकुवा गरेको थियो।

फुकुवापछि नेपालले पहिल्यै खरिद गरेर आउन बाँकी १० लाख मात्रा खोप समेत पाएको थियो। पछिल्लो समय नेपालमा कोभिडविरुद्धको खोप प्रशस्त मौज्दात रहेको छ। महाशाखाले देशभर ५० लाखभन्दा बढी खोप मौज्दात रहेको अनुमान गरेको छ।

नेपालमा​ हालसम्म नेपालमा अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेर भारतको सिरम इन्स्टिच्यूटले उत्पादन गरेको कोभिसिल्ड, चिनियाँ खोप भेरोसेल‚ अमेरिकामा उत्पादन भएको जोन्सन एन्ड जोन्सन र फाइजर खोप तथा जापानले उपलब्ध गराएको एस्ट्राजेने २ करोड ५४ लाख ७० हजार ६३० मात्रा खोप आएको छ।

एक हप्ताभित्र झन्डै १० लाख मात्रा कोभिसिल्ड खोप आउँदै

दैलेख क्षेत्र नम्बर १ को कांग्रेस सभापतिमा

Leave a comment

Your email address will not be published. Required fields are marked *