दैलेख क्षेत्र नम्बर १ को कांग्रेस सभापतिमा दशरथ खड्का विजयी

दैलेख : नेपाली कांग्रेस ​प्रतिनिधिसभा निर्वाचन क्षेत्र अधिवेशनअन्तर्गत दैलेख क्षेत्र नं. १ को सभापति दशरथ खड्काको प्यानल विजय भएको छ । खड्का संस्थापन इतर (पौडेल) समूहका हुन् ।

सभापतिमा निर्वाचित खड्काले ४ सय ७० मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नगेन्द्रबहादुर मल्लले ३ सय १० मत प्राप्त गरेका थिए ।

क्षेत्रीय कार्यसमितिको सचिवमा प्रकाश न्यौपाने र विनोदकुमार गुरुङ निर्वाचित भएका छन् भने सहसचिवमा कृष्ण कुमार दाहाल र सीताराम थापा निर्वाचित भएका छन् ।

यस्तै, सदस्यमा कर्णबहादुर शाही, टेकबहादुर भण्डारी, युवराज रेग्मी, मानकुमारी चौधरी, अनु राना, गोपाल सुनार, अस्मिता विश्वकर्मा, महेन्द्र राना, गणेशबहादुर शाही र डम्बरबहादुर शाही निर्वाचित भएका छन् ।

दैलेख क्षेत्र नम्बर १ को कांग्रेस सभापतिमा दशरथ खड्का विजयी

व्यवसायीकार्की छैटौंपटक उत्कृष्ट करदाता घोषित

दैलेख क्षेत्र नम्बर १ को कांग्रेस सभापतिमा दशरथ खड्का विजयी

एक हप्ताभित्र झन्डै १० लाख मात्रा कोभिसिल्ड

Leave a comment

Your email address will not be published. Required fields are marked *