कंचना ३ की रुसी नायिकाको गोवामा मृत्यु, झुण्डिएको अवस्थामा भेटिइन्

एजेन्सी । तमिल फिल्म कंचना ३ मा देखिएकी २४ वर्षीया रुसी नायिका एलेजान्द्रा जाभीको मृत्यु भएको छ । शुक्रबार एलेजान्द्रा गोवामा आफ्नो भाडाको फ्ल्याटमा झुण्डिएको अवस्थामा भेटिइन् ।

उनी उत्तरी गोवाको सियोलिम गाउँमा बस्थिन् । हाल गोवा प्रहरी पोस्टमार्टमका लागि रसियाली कन्सुलेटको प्रतीक्षा गरिरहेको छ । एक वरिष्ठ प्रहरी अधिकारील एलेजान्द्राको शवलाई शवगृहमा राखिएको बताए ।

उनका अनुसार उनीहरु एलेजान्द्राको शवको पोस्टमार्टमका लागि रसियन कन्सुलेटद्वारा नो अब्जेक्सन सर्टिफिकेटको प्रतीक्षा गरिरहेका छन् । अर्कोतर्फ प्रहरीले पनि यसबारे अनुसन्धान सुरु गरेको छ । एलेजान्द्राका प्रेमीले आफ्नो बयान दिइसकेका छन् । एलेजान्द्राका प्रेमी पनि उनीसँग अपार्टमेन्टमा बस्दथे र घटनाका बेला उनी बाहिर गएका थिए ।

चेन्नईका फोटोग्राफरमाथि शंकाः

मुम्बई रसियन कन्सुलेटका गोवा प्रतिनिधि विक्रम वर्माले चेन्नईका एक फोटोग्राफरमाथि शंका जताएको छ । प्रहरीले एलेजान्द्राको मृत्युमा ती फोटोग्राफरको भूमिका हुनसक्ने बारे शंका बताउँदै यसबारे छानबिन गरिरहेको बताएका छन् ।

एलेजान्द्राले सन् २०१९ मा चेन्नईमा ती फोटोग्राफरविरुद्ध उत्पीडनको आरोप लगाएकी थिइन् ।

वर्माले भने, ‘मलाई बताइएको थियो कि चेन्नईमा एक व्यक्तिले एक महिला (एलेजान्द्रा) को पिछा गरेको र उनलाई ब्ल्याकमेल गरे । प्रारम्भिक अनुसन्धानपछि आरोपीविरुद्ध पर्याप्त प्रमाण भेटिएको थियो, त्यसपछि चेन्नई प्रहरीले एफआरआई दर्ता गरेको थियो ।’

कंचना ३ की रुसी नायिकाको गोवामा मृत्यु, झुण्डिएको अवस्थामा भेटिइन्

जम्दै राज र वर्षा जोडी

Leave a comment

Your email address will not be published. Required fields are marked *