विनासको राजनीति गर्न छोडौँ : मुख्यमन्त्री शाही

कालिकोट । कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विनासको राजनीति गर्न छाड्नुपर्ने बताएका छन् । विकासका लागि दलहरूको एजेण्डा साझा भएमात्र विकास र समृद्धिका क्षेत्रमा सफलता हात पार्न सकिने शाहीको भनाई छ ।

सोमबार गृह जिल्ला कालिकोटको तेस्रो जिल्ला सभाको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले भने, ‘कर्णालीको गरिबी र पछौटेपन सबैको साझा चुनाैती हो । हाम्रा सामु यतिबेला ठुला चुनौतीका पहाडहरू ठडिएका छन् । अब, विनासको राजनीति गर्न छाडौँ, जिल्लास्थित सम्पूर्ण दलहरूको जिल्लाको विकासलाई साझा एजेन्डा बनाएर अघि बढ्नुपर्छ ।’

संस्कार जस्तो छ, परिणाम पनि त्यस्तै आउँछ’ शाहीले भने, ‘अब कालिकोट मात्र नभई समग्र कर्णाली पछि पर्नुको कारण केहो खोजेर आत्मसमीक्षा गर्ने बेला आएको छ ।’ उनले थपे, ‘विकासका लागि साझा प्रतिबद्धता र साहस चाहिन्छ ।’ साथै मुख्यमन्त्री शाहीले स्थानीय जनप्रतिनिधिहरूलाई पार्टीभन्दा माथि उठेर काम गर्न सुझाव दिएका छन् ।

‘प्रदेश सरकारले जिल्लाको विकासका लागि ठुलो मात्रामा बजेट पठाए पनि समयमै काम सम्पन्न गर्न नसक्दा बजेट फिर्ता गएको छ’ उनले भने, ‘चालु आर्थिक वर्षमा बजेट सत प्रतिशत कार्यन्वयन गर्नतिर ध्यान दिनुस् ! ’ शाहीले जिल्लामा हुने अनियमितता रोक्न समेत सरोकारवालाहरूलाई निर्देशन दिएका छन् भने स्थानिय तहहरूबीच कार्यसम्पादनमा रचनात्मक प्रतिस्पर्धा हुनु जरुरी रहेको बताएका छन् ।

विनासको राजनीति गर्न छोडौँ : मुख्यमन्त्री शाही

नेपाली भूमि लिमी लाप्चाबाटै मानसरोवर कैलाश दर्शन,

Leave a comment

Your email address will not be published. Required fields are marked *