निरन्तर वर्षा हुँदा किसानलाई धान रोप्ने चटारो

सुर्खेत । देशमा मनसुन भित्रिएसँगै निरन्तर वर्षा भइरहेको छ । वर्षा भएसँगै कर्णालीका किसानहरू धान रोप्नमा व्यस्त भएका छन् । यो वर्ष समयमा नै वर्षा हुँदा किसान असारको पहिलो सातादेखि नै अत्यधिक व्यस्त भएका छन् ।

कर्णालीका हिमाली, पहाडी सबै जिल्लाहरूका किसान धान रोप्ने चटारोमा छन् । असारलाई ‘मानो रोपेर मुरी फलाउने’ महिनाको रूपमा समेत व्याख्या गरिन्छ ।

तथ्यांक अनुसार कर्णाली प्रदेशको कुल क्षेत्रफल २५ लाख २५ हजार २७५ हेक्टरमध्ये २ लाख ९९ हजार ३३९ हेक्टर मात्रै खेतीयोग्य जमिन छ । जसमा पनि ८० हजार हेक्टरभन्दा बढी खेतीयोग्य जमिन बाँझो छ भने अन्य क्षेत्रमा किसानले विभिन्न खेतीपाती गरिरहेका छन् । तराईले नछोएको कर्णालीमा खोला, नदीको छेउछाउ, भिर पाखाको कान्ला कान्लामा किसानले खेती गर्दै आइरहेका छन् ।

हिमाली जिल्ला जुम्ला, हुम्ला, मुगु, कालिकोट लगायतका जिल्लामा करिब ९० प्रतिशतभन्दा धेरै धान रोपाइ भइसकेको छ । यसै गरी मध्य पहाड तथा तल्लो भू–भागमा पनि किसान धान रोप्नमा व्यस्त छन् ।

यो वर्ष समयमा नै पानी परेका कारण साउनको पहिलो सातासम्म कर्णालीमा ९० प्रतिशत भन्दा बढी धान रोपाइ हुने कृषि विकास निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक एवम वरिष्ठ कृषि अर्थविज्ञ चित्रबहादुर रोकायले जानकारी दिए ।

कर्णालीमा गत वर्ष कर्णालीमा एक लाख २० हजार ९७१ मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष धान उत्पादन अझै बढ्ने अनुमान गरिएको छ । प्रदेशका अधिकांश क्षेत्रमा सिचाइको सुविधा नहुँदा किसान आकाशे पानीको भरमा खेती गर्न बाध्य छन् ।

‘अहिलेसम्म करिव २५ प्रतिशत भन्दा धेरै रोपाइ भएको छ,’ निर्देशक रोकायले भने, ‘बाँझो जमिन रहने सम्भावना देखिँदैन । हिमाली तथा उच्च पहाडी भू-भागमा धेरैजसोले धान रोपेर सिध्याए पनि मध्य पहाड र तल्लो भू-भागमा किसानहरू धान रोप्ने चटारोमा छन् ।’

पछिल्लो समयमा किसानहरू धान रोप्नेभन्दा पनि व्यावसायिक तरकारी खेती, फलफुल खेतीमा धेरै आकर्षण भएकाले धान खेती गर्ने क्षेत्रफल नबढ्ने उनको भनाइ छ । उनले यो वर्ष गत वर्षकै तुलनामा धेरै धान उत्पादन हुने अनुमान बताए ।

वसन्त भण्डारी/फरकधार

निरन्तर वर्षा हुँदा किसानलाई धान रोप्ने चटारो

बेलायतमा भिसी तुलबहादुर पुनको नाम अङ्कित रेल

निरन्तर वर्षा हुँदा किसानलाई धान रोप्ने चटारो

ओलीले गल्ती स्वीकार गरी राजीनामा दिए स्वीकार्न

Leave a comment

Your email address will not be published. Required fields are marked *