विनियोजित विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइयो
काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले विनियोजित विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाएका छन्।

प्रतिनिधि सभाको असोज ४ गतेको बैठकबाट पारित भइ राष्ट्रिय सभामा पठाइएको विनियोजन विधेयक, २०७८/७९ लागी राष्ट्रियसभाबाट आजको बैठकले पारित गरेपछि प्रमाणीकरणको लागि पठाएको सभामुखको प्रेस विज्ञ श्रीधर न्यौपानेले बताएका हुन ।
राष्ट्रियसभाबाट विधेयक पारित भएको सन्देश प्रतिनिधि सभामा प्राप्त भएपछि सभामुख ले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिको कार्यालयमा पठाइएको हो ।






