नगर सभाको मिति कायम :  आजबाट विद्यालय सञ्चालन

दुर्गा विसि आश्विन,६ । सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा नगर सभाको मिति तोकिएको छ । यहि आसौज १३ गतेलाइ नगर सभाको मिति कायम गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत चक्र रावतले जानकारी दिए ।त्यसै गरि ६ महिना देखि बन्द विद्यालयहरु असौज ७ गते देखि सञ्चालन हुने जनाएको छ ।

वडा सिलिङमा कुरा नमिल्दा ४ महिना देखि नगर सभा नहुदा सबै कामकाज अवरुद्घ वनेका थिए ।५० लाखको वजेट सिलिङ पाउने भए पछि सहमति नजिक पुगेको नगर उप प्रमुख मञ्जु यरिले वताइन ।कोभिड १९ का कारण विद्यालय बन्द रहे पछि पठनपाठन ठप्प रहेको थियोे । तर कुनै मापदण्ड विनै विद्यालय सञ्चालन गर्नु भनेको निकै जोखिम रहेको अभिभावको गुनासो रहेको छ ।विद्यालयहरुमा सेन्टाइजर,मास्क र उमेर अनुसारका विद्यार्थीलाई खोपको व्यवस्थापन गर्न समेत माग गरिएको छ ।

प्रभाकर माविमा रहेको आइसुलेसन अस्थाई वार्ड समेत हटाउने निर्णय भएको प्रशासकिय अधिकृत रावतको भनाइ रहेको छ ।नगर सभामा केही सहमति भए पनि प्रशासनिक खर्चको रुपमा रहेको भारि १० करोड रकमको फिरिस्त पूरा जानकारी नभएमा नगर सभा अझै हुने नहुने भन्ने कुरा अन्योलपूर्ण रहेको वडा अध्यक्ष शान्त कुमार यरिको भनाइ रहेको छ ।उक्त रकम कहाँ कसरी,कुन प्राव्धानमा खर्चिने भने कुरा पुष्टि नहुदा अझै सभा हुन्छ भनेर ढुक्क हुने अवस्था नरहेको उनको भनाइ छ।यश विषयमा अलि फराकिलो रुपमा सोचेर मात्रै सभा हुने यरिको भनाइ रहेको छ ।

तर सभाको मिति भने १३ गतेलाइ तोकिएको छ ।प्रशासनिक खर्चमा १० करोडौं कहाँ कसरी खर्च हुने भन्ने कुराको पूरा जानकारी नदिएमा पुनः नगर सभा अनिश्चित बन्ने जनाएको छ ।यो भनेको फजुल खर्च यसमा कार्यपालिका सबैको विमति छ ।यश विषयमा प्रष्ट नभए फेरि पनि उहीँ नगर सभा अन्योलताको अवस्था हुन सक्ने जनाएको छ ।

नगर सभाको मिति कायम :  आजबाट विद्यालय सञ्चालन

चोरी निकासी रोक्न प्रहरी सक्रिया ,करोड राजश्व

Leave a comment

Your email address will not be published. Required fields are marked *