१ हजार २ सय ३९ नयाँ संक्रमित थपिए, १३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १२ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार दुई सय ४३ जनाको कोरोना परीक्षण गर्दा १२ सय ३९ जनामा संक्रमण पुष्टि भएको हो।

यस अवधिमा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ। यो सँगै काेराेना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७२ जना पुगेको मन्त्रालयले जनाएको छ। त्यस्तै, एक हजार तीन सय २४ जना कोरोना मुक्त भएका छन्।

काठमाडौंमा दुई सय ४५,भक्तपुरमा ५२ र ललितपुरमा एक सय ७ गरी उपत्यकाभित्र कुल चार सय चार जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनकारी दिएकाे छ।

१ हजार २ सय ३९ नयाँ संक्रमित थपिए, १३ जनाको मृत्यु

वन्यजन्तु संरक्षणमा स्थानीय निकायका चुनौती र अवसर

Leave a comment

Your email address will not be published. Required fields are marked *