पानी छैन, घरघरमा धारा

सल्यान : शारदा नगरपालिका–६ मधमकाँडाकी ४५ वर्षीया जयकली बुढाथोकीले टाकुरा मधमकाँडा लिफ्ट खानेपानी योजना सम्पन्न भएसँगै घरमै पानी आउने आशामा ६ महिनाअघि धारा जडान गरिन् ।

दसैंअघि नै नगरपालिकाले घरघरमा पानी वितरण गर्ने भनेपछि उनकी छिमेकी लक्ष्मी बुढाथोकीले पनि भदौअघि नै घरछेउमा धारा जडान गरेकी छन् । तर धारामा पानी कहिले आउँछ भन्ने यकिन नहुँदा स्थानीयहरू निराश छन् । धारामा पानी नआएपछि उनीहरूलाई एक घण्टा हिँडेर बस्तीभन्दा तलको खोल्सामा धाउनुपर्ने बाध्यता छ ।

‘सधैं पानीको पिरलो हुन्छ,’ वुढाथोकीले भनिन्, ‘महिला र बालबालिकाको साँझ–बिहानको काम नै पानी ओसार्ने हुन् थालेको छ ।’ शारदा नगरपालिकाले टाकुरा, मधमकाँडालगायत आसपासका स्थानीयलाई पानी उपलब्ध गराउन २०७६ र ०७७ मा गरी झन्डै एक करोड बजेट बिनियोजन गरेर ठेक्कामार्फत लिफ्ट खानेपानी योजनाको काम सम्पन्न गरिसकेको छ । सोही योजनाअन्तर्गत स्थानीयले घरघरमा धारा जडान गरेका हुन् ।

तर धारा जडान गरेको महिनौंसम्म पनि पानी नआउँदा करिब ३ सय परिवारमा खानेपानी समस्या भएको हो । मधमकाँडाकी पवित्रा बुढाथोकीले धारामा पानी नआउँदा ज्यान जोखिममा राखेर खोल्साखोल्सी चाहार्नुपर्ने बाध्यता अझै नटरेको बताइन् । उनले ४० वर्षदेखि नै पानीको अभाव झेल्दै आएको बताइन् । पानी अभावकै कारण तरकारी फलाउन र वस्तुभाउ पाल्नसमेत मुस्किल भएको उनको गुनासो छ ।

गत वर्ष ट्यांकीमा पानी पुगेसँगै पहिलो चरणको काम सकिएको थियो । ‘अझै पानीको दुःख कहिलेसम्म भोग्नुपर्ने हो,’ उनले भनिन्, ‘ट्याकीमा पानी आएपछि योजना उद्घाटन पनि गरिएको थियो, तर हाम्रो खानेपानीको सपना अझै पूरा भएन ।’ नगरपालिकाको झन्डै एक करोड रुपैयाँ बजेटबाट योजना बनाएको इन्जिनियर भरत वुढाथोकीले बताए ।

‘अन्य आसपासका बस्तीमा पनि सँगै पानी पठाउने तयारीले समस्या भएको हो,’ उनले भने, ‘अरु गाउँमा पनि धारा निर्माणको काम धमाधम भइरहेको छ, ती गाउँका सबै घरमा धारा बनेपछि टाकुरा र मधमकाँडामा पनि छाडिनेछ ।’

पानी छैन, घरघरमा धारा

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता हुने

पानी छैन, घरघरमा धारा

स्याउ र ओखर विकास बोर्ड गठन गर्न

Leave a comment

Your email address will not be published. Required fields are marked *