प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता हुने

काठमाडौं : प्रधानसेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता हुने भएको छ। सोमबार नेपाली सेनाले पत्रकार सम्मेलन गरी प्रतियोगिता मंसिर २७ देखि पुस ५ गतेसम्म हुने जानकारी गराएको हो ।

प्रतियोगितामा खुलातर्फ महिला र पुरुष गरी चार प्रतिष्पर्धा हुनेछन् भने भेट्रानतर्फ विभिन्न उमेर समूहमा सातवटा र एक अन्तर सरकारी प्रतिष्पर्धा हुनेछ । प्रतियोगिता अन्तर्राष्ट्रिय टेनिस संघ र राष्ट्रिय टेनिस संघको नियमअनुसार खेलाइने आयोजकले जनाएको छ ।

प्रतियोगिताका सबै खेल आर्मी अफिसर्स क्लबको दुईवटा कोर्ट र दशरथ रंगशालामा रहेका दुई कोर्टमा सञ्चालन हुनेछन् । प्रतियोगितामा सहभागि खेलाडीहरुले कोरोनाबिरुद्धको खोप लगाएको हुनुपर्नेछ  ।

खुलातर्फ विजयी एकल पुरुष र महिलाले समान ५०र५० हजार रुपैयाँ पुरस्कार पाउने छन्। डबल महिला र पुरुषतर्फ ४० हजार रुपैयाँ पुरस्कार रहेको सेनाले जनाएको छ । त्यस्तै‚ भेट्रानतर्फ एकलले ३० हजार रुपैयाँ, डबलले २५ हजार रुपैयाँ र अन्तर सरकारी तर्फको बिजेतालाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता हुने

राष्ट्रपति र प्रधानमन्त्री जोसुकै भए पनि राजनीतिको

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता हुने

पानी छैन, घरघरमा धारा

Leave a comment

Your email address will not be published. Required fields are marked *