राष्ट्रपति र प्रधानमन्त्री जोसुकै भए पनि राजनीतिको केन्द्रमा माओवादी छ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीतिक केन्द्रमा माओवादी केन्द्र रहेको दाबी गरेका छन्।

चितवनको टाँडीमा अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले राष्ट्रपति र प्रधानमन्त्री जोसुकै भए पनि देश माओवादी केन्द्रको वरपरै घुमिरहेको दाबी गरे।

‘देश अहिले पनि माओवादीकै वरिपरि घुमिरहेको छ‚’ प्रचण्डले भने‚ ‘देश र जनताको पक्षमा काम लाग्ने पार्टी माओवादीबाहेक अरु कुनै छैन।’

अर्को प्रसंगमा उनले पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म लानेबारे छलफल भइरहेको समेत बताए। राष्ट्रियसभा र प्रतिनिधिसभाको उपनिर्वाचनमा तालमेल गर्ने सहमति भइसकेको बताउँदै गठबन्धनलाई सुदृढ बनाएर जानुपर्छ भन्नेमा एकमत रहेको बताए।

प्रचण्डले गठबन्धनकै बलले प्रतिगमन गर्ने केपी ओलीलाई बालुवाटारबाट गलहत्याएर बालकोट पुर्‍याउन सफल भएको दाबी गरे।

उनले चितवनमा आफू र माओवादी केन्द्र सिध्याउन एमालेले महाधिवेशन गर्न लागेको टिप्पणी समेत गरेका छन्।

‘एमालेको महाधिवेशनमा मलाई पनि वक्ताको रुपमा निम्तो आएको छ। तर, जाने वा नजानेबारे पार्टीमा छलफल गरेको छैन‚’ प्रचण्डले भने, ‘त्यहीँ पनि केको अधिवेशन हुन्थ्यो। बहस हुने होइन न त छलफल नै। आउने केपीलाई नेता मान्य हिँड्ने न हो।’

राष्ट्रपति र प्रधानमन्त्री जोसुकै भए पनि राजनीतिको केन्द्रमा माओवादी छ : प्रचण्ड

एमाले नेताहरूमा ओलीकै आश, ओलीकै त्रास

राष्ट्रपति र प्रधानमन्त्री जोसुकै भए पनि राजनीतिको केन्द्रमा माओवादी छ : प्रचण्ड

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता हुने

Leave a comment

Your email address will not be published. Required fields are marked *