सल्यान बनगाडकाे अनेरास्ववियु (क्रान्तिकारीको) प्रथम नगर सम्मेल सम्पन्न

दुर्गा बिसी

सल्यान । सल्यान बनगाड कुपिण्डे नगरपालिकामा नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) नगर सम्मेलन सम्पन्न भएको छ ।

कार्यक्रमका सभाअध्यक्ष अनेरास्ववियु (क्रान्तिकारी) का जिल्ला सह-सचिव तथा नगर ईन्चार्ज इन्द्रबहादुर बुढाथोकीको अध्यक्षतामा बनगाड कुपिण्डे नगरको प्रथम नगर सम्मेलन भएको थियो ।

उक्त सम्मेलनले अजय बिष्टको अध्यक्षतामा ३५ सदस्यीय नगर कमिटी गठन गरिएको छ । उपाध्यक्ष जन्मत बस्याल, अनिता बिष्ट, महेश कवर,सचीवमा शितल कवर,सह(सचीव नमुना बुढा, पुजा पुन, नारायण रावत, कोषाध्यक्षमा मिना पुन रहेका छन ।

सल्लीबजारमा भएको सम्मेलनलाई नेकपा (माओवादी केन्द्र) का प्रमुख अथिति,जिल्लाअध्यक्ष कर्ण बहादुर बुढाथोकी (छहारी),विशिस्ट अथिति अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज राजेन्द्र भण्डारी,अन्य अथिति,नेकपा (माओवादि केन्द्र) का जिल्ला सदस्य तथा बनगाड कुपिण्डे नगर कमिटी अध्यक्ष कृर्ति बहादुर राना (दिप),जिल्ला सदस्य धन बहादुर पुन (मित्र),पूर्व अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा (माओवा केन्द्रका) जिल्ला सदस्य दुर्गा वुढाथोकि,अखिल शिक्षक संघका नगर अध्यक्ष तथा बनगाड क्याम्पस प्रमुख गणेश चन्द ,पूर्वअखिल शिक्षक जिल्ला उपाध्यक्ष गुमानसिं बिस्ट,नगर कमिटी सदस्य एवं वडा नं-८ अध्यक्ष कुल बहादुर पुरी,अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला बरिस्ठ उपाध्यक्ष ठगेन्द्र पुन,क‍ोषाध्यक्ष रमेश बुढाथोकी ,जिल्ला सदस्य तथा बनगाड कुपिण्डे नगरपालिका-८ सदस्य नरेन्द्र घर्तिमगरको उपस्थिति रहेको थियो ।

बुढाथोकिको सभा अध्यक्षतामा भएको कार्यक्रमको संचालन शेरजंग कवरले गरेका थिए ।

सल्यान बनगाडकाे अनेरास्ववियु (क्रान्तिकारीको) प्रथम नगर सम्मेल सम्पन्न

YUGAAWHAN NATIONAL DAILY (2078-05-06)

सल्यान बनगाडकाे अनेरास्ववियु (क्रान्तिकारीको) प्रथम नगर सम्मेल सम्पन्न

महाकाली तुइन प्रकरण : बेपत्ता जयसिंहको बैतडीमा

Leave a comment

Your email address will not be published. Required fields are marked *