विश्वासको मत नपाएका स्वीडेनका प्रधानमन्त्री पदमुक्त

एजेन्सी । संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेन पदमुक्त भएका छन् । यद्यपि उनले अर्को सरकार निर्माण नहुँदासम्म कामचलाउ प्रधानमन्त्रीको रूपमा काम काम गर्ने छन् ।

संसदमा सोमबार भएको मतदानका क्रममा बहुमत सदस्यहरूले उनलाई विदा गर्ने पक्षमा मत जाहेर गरेका थिए । मतदानमा सहभागीमध्ये १८१ जनाले अविश्वासको प्रस्तावको समर्थनमा मतदान गरेका थिए भने प्रस्तावको विपक्षमा र प्रधानमन्त्रीको पक्षमा भने १७५ जनाको मत परेको थियो ।

स्वीडेनको संसदमा अहिले ३४९ जना सांसद रहेका छन। तीमध्ये १०९ जना मतदान गरेका थिएनन् भने ५१ जना अनुपस्थित भएका थिए । स्वीडेनको संसदले लिएको यो निर्णयले विघटन हुने खतराबाट संसद जोगिएको छ।

संसद विघटन भएको भए निर्धारित समयभन्दा एक बर्ष अगाडि नै आम निर्वाचनमा जानुपर्ने अवस्था आउने थियो । विपक्षीहरुले अविश्वासको प्रस्ताव पेश गरेपछि विश्वासको मत प्राप्त गर्न नसकेर पदमुक्त हुने उनी स्वीडेनको पहिलो प्रधानमन्त्री भएका छन् ।

बामपन्थी कम्युनिष्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि लोफभेनको सरकार अल्पमतमा परेको हो । अर्पाटमेन्टका सम्वन्धमा भएको विवादका कारण उनीहरुले समर्थन फिर्ता लिएका थिए ।

समर्थन फिर्ता नलिनका लागि प्रधानमन्त्री लोफभेनले पटक पटक आग्रह गर्दा पनि उनीहरुले अस्वीकार गरेपछि संसदमा मतदान गराउनु परेको हो ।

विश्वासको मत नपाएका स्वीडेनका प्रधानमन्त्री पदमुक्त

अस्मिता मृत्यु प्रकरण : शव भएको ठाउँभन्दा

विश्वासको मत नपाएका स्वीडेनका प्रधानमन्त्री पदमुक्त

कर्णालीमा कोरोना : संक्रमण दर घट्यो तर

Leave a comment

Your email address will not be published. Required fields are marked *